
काठमाडौं, २१ मंसिर । सेयर बजार बिहीबार दोहोरो अंकले वृद्धि भएको छ । बिहीबार ११।७३ अंकले वृद्धि भएको सेयर बजार १८५२।७७ विन्दुमा आएर बन्द भएको छ ।यसदिन २९९ कम्पनीको ५३ हजार १४६ पटक भएको कारोबारमा ९५ लाख ५ हजार ६०८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७९ करोड ९१ लाख ४६ हजार ४३३ रुपैयाँको कारोबार भएको छ ।
यसदिन १७५ कम्पनीको सेयर मूल्य उकालो लाग्दा ५७ कम्पनीको ओरालो लागेको छ भने ८ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।लामो समयदेखि बजारले उल्टो गति समात्दा लगानीकर्ताहरु निराश हुँदै आएका छन् । यद्यपि बजार बढ्ने र रोकिने क्रम चलिरहेको छ । यसले बजार अझै स्थिर हुने कुराको आधार भने तयार भएको छैन ।