
नुवाकोट । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव सहित साधारण सभा बोलाएको छ। कम्पनीले १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरी पुस २० गते शुक्रबार २७ औँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले वितरण गर्ने लाभांशमध्ये १० प्रतिशत बोनस शेयर रहेको छ भने ५ प्रतिशत नगद लाभांश ९कर प्रयोजनसहित० रहेको छ।
मंसिर २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस ८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।