
विदुर । नेपाली कांग्रेस नुवाकोटले पुस २ गते पार्टीको जिल्ला सम्मेलन गर्ने भएको छ । नेपाली कांग्रेस नुवाकोटका नेताहरुले दिएको जानकारी अनुसार पार्टी सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा २ गते सम्मलन गर्ने निर्णय भएको हो ।
सम्मेलनका लागि पार्टी सभापति रमेश महत, उपसभापति राजु थापा, सचिव बैकुण्ठ मिश्र लगायतका नेताहरुले आज सभापति देउवालार्ई भेटेर औपचारिक निमन्त्रणा दिएका छन् । टोलीले पार्टीका नेता डा. शेखर कोइराला,अर्थमन्त्री डा. प्रकाशशरण महत, अर्जुननरसिंह केसी, बहादुरसिंह लामालाई पनि औपचारिक निमन्त्रण दिएको उपसभापति राजु थापाले नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।
विदुरस्थित पार्टी कार्यालयमा आयोजना हुने सम्मेलनका विषयमा छलफल गर्न २७ गते जिल्ला कार्यसमितिको बैठक बोलाएकोे छ । बैठकले सम्मेलन सफल बनाउन पार्टीका सबै तहलाई परिचालन गर्ने सचिव बैकुण्ठ मिश्रले जानकारी दिनुभयो । यसअघि कांग्रेसल जिल्लाका सबै पालिका र वडाहरुको सम्मेलन गरिसकेको छ । कांग्रे केन्द्रीय समितिको निर्णय अनुसरा कांग्रेसले ७७ वटै जिल्लमा सम्मेलन गर्ने निर्णय अनुसार अधिकांश जिल्लामा सम्मेलन आयोजना गरिसकेको छ ।