
विदुर । नुवाकोट जिल्लामा सामाजिक काम गर्दै चर्चा कमाइरहेका समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. भीमलाल तामाड.ले पछिल्लो पटक जाजरकोट भुकम्पबाट प्रभावित भएकाहरुलाई पनि सहयोग गरेका छन् । कात्तिक १६ गते गएको भुकम्पबाट प्रभावित क्षेत्रको अबलोकन गर्न पुगेका तामाड.ले आफ्नो परोपरकारी संस्थामार्फत भेरि नगरपालिका वडा नम्बर ३ र ४ स्थित भूकम्प पीडित १०७ परिवारहरूलाई रहत स्वरुप जाडोमा ओढ्नको लागि ब्लाङ्केट, चामल, दाल, तेल आदि खाद्यान्न वितरण वितरण गरेको जनाएका छन् ।

नुवाकोट जिल्लामा महिला बालबालिकाहरुका लागि विभिन्न खाले सामाजिक सहयोग गर्दै आएका तामाड. राह सामाग्रीसहित जाजरकोट पुगेर पीडितहरुको मुहारमा केही खुशी ल्याउन सफल भएका छन् । नेपाली कांग्रेस एमालेसहतिका दलहरुले प्रभावित क्षेत्रमा पुगेर घर टहरा बनाइरहेका बेला तामाड.ले पनि आफ्नो व्यक्तिगत स्तरबाट गरेको यो सहयोगलाई जाजरकोटबासीले उच्च महत्वकासाथ आफूलाई सम्झिएको र फेरि पनि जाजरकोट फर्किने वाचाका साथ मनमा ठुलो बोझ लिएर फर्किएको आफ्नो फेसबुक पेज मार्फत सार्वजनिक गरेका छन् । उनले आफू फेरि सहयोग लिएर आउने वाचा गरेर फर्किएको पनि फेसबुकमार्फत नै सावृजनिक गरेका छन् ।

विशेष गरेर नुवाकोट जिल्लाको किस्पाड., मेघाड., दुप्चेश्वरसहितका पालिकामा पुगेर समाजिक चेतनासहित महिलाहरुलाई आयआर्जनका लागि बाख्रा, खशी सहयाहे गरेर उनले नुवाकोट जिल्लाबासीको पनि मन जित्न सफल हुँदै आएका छन् । यस्तै उनले जिल्लाको अधिकांश विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पनि विद्यालय पोशाक तथा स्टेशनरी सामाग्री सहयोग गरिसकेका छन् ।