
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैतडीको झुलाघाटबाट यही मंसिर १४ गतेदेखि सुरु गरेको संकल्प यात्रा चलिरहेको छ । आगामी पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुने यात्राको नेतृत्व पार्टी अध्यक्ष केपी ओलीसहितका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्यूरो, केन्द्रीय कमिटी सदस्य, प्रदेश कमिटी सदस्य लगायत नेताहरू, प्राविधिक तथा विज्ञहरुले गरिरहनु भएको छ ।
मुलुकका प्रमुख दलहरुप्रति आम रुपमा नागरिकहरुले असन्तुष्टि बढिरहेका बेला नेकपा एमालेले जुन प्रकारले समृद्धिका लागि संकल्प यात्राको रुपमा कार्यक्रम आयोजना गरेको छ यसले सिंगो एमाले पंक्तिलाई त उत्साहित बनाएको छ नै सिंगो मुलुकको लोकतान्त्रिक आन्दोलनका विरुद्ध लागेकाहरुलाई पनि जवाफ दिएको छ । पार्टी अध्यक्ष ओली आफैमा एउटा राजनीतिक उचाइ प्राप्त गरेका एक संघर्षशिल नेता हुन । विगत उनका लागि सुखद नभएपनि यतिखेरको राजनीतिक मियो अध्यक्ष ओलीका वरिपरि घुमिरहेको छ । संसदमा रहेको ठुलो प्रतिपक्षी दलको रुपमा पनि एमालेको हैसियत राष्ट्यि अन्तराष्ट्यि रुपमा उत्तिकै सान्र्दभिक र महत्वपूर्ण छदैछ, त्यसमापनि समकक्षी राजनीतिक भन्दा पृथक विचार दिन सक्ने र आम नागरिकलाई आफ्ना वाक कलामार्फत पनि आकर्षित गर्न सक्ने क्षमताका कारण पनि उहाको उचाइ माथि रहँदै आएको छ ।
अर्कोतर्फ अन्य राजनीतिक दलहरुको तुलनामा एमाले कार्यकर्ताबेस पार्टी भएकाले पनि उसका कार्यक्रम थप प्रभावकारी हुँदै आएका छन् । यसै सन्र्दभमा उसले सुरु गरेको संकल्प यात्रापनि आजका दिन रामेछापसम्म पुग्दा निकै उत्साहजनक रुपमा पार्टीका नेता कार्यकर्ता, सर्वसाधारण, विद्यार्थी शिक्षक, महिलाहरुले पनि साथ दिएका छन् । राजनीतिक रुपमा आफूभन्दा माथिल्लो दलको आलोचना गर्नु र आफ्ना कुरा जनतामा राखेर विश्वास लिन खोज्नु त्यो उनीहरुको धर्म हो, यस अर्थमा एमालेको यात्रामा दलहरुप्रतिको आलोचना बाहेक मुलुकको लोकतन्त्रको यात्रालाई थप अगाडि बढाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । गाउँ गाउँ टोलमा पार्टीका शीर्ष नेतालाई भेट्ने र फोटो खिच्न पाउने अवसर दुर्लभ रुपमा जनताले पाउँछन् ।
अर्को तर्फ उमेर, आफ्नो स्वास्थ्य लगायतका अन्य प्रकारका चुनौतीका बिच पनि अध्यक्ष ओलीले यो दौरान निश्चयनै एक देशभक्ति हो । यसलाई अन्यथा रुपमा लिन खोज्नु भनेको राष्ट्बाद विरुद्ध हुनेछ । यस्तै ओलीले ७० काटेका आमा दिदीबहिनी,दाजुभाई, साना बालबालिकाहरुलाई पनि त्यो अवसर प्रदान गरेका कारण यो अभियानप्रति सर्वसाधारण पनि उत्साहित भएको देखिएको छ । यसले एमालेलाई पुन ः एक पटक जनताबाट आर्शिवाद पाएको छ । अब यसलाई सहि रुपमा देश र जनताको पक्षमा एमालेले उभ्याउन सकेको खण्डमा भोलिका दिनमा एमाले त बलिया बन्ने नै छ, मुलुकको लोकतन्त्र र समृद्धिको यात्रालाई पनि गन्तव्यमा पुर्याउन महत्वपूर्ण भूमिका रहने विश्वास गर्न सकिन्छ ।