
काठमाडौं । मुलुकको अर्थतन्त्रबारेमा अनेक प्रकारका टिप्पणीहरु भैरहेका बेला सरकारका तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रका बारेमा धारणा सार्वजनिक गर्दै हुनुहुन्छ ।अर्थमन्त्री डा. महतका प्रेस संयोजक प्रकाश थापाले दिनुभएको जानकारी अनुसार अर्थमन्त्री डा. महतले आज बिहान ११ बजे अर्थ मन्त्रालयस्थित सुर्वण हलमा पत्रकार सम्मेलनमार्फत मुलुकको अर्थतन्त्रका बारेमा सरकारको धारणा सार्वजनिक गर्न लाग्नुभएको हो ।
मन्त्रालयमा आयोजना हुने पत्रकार सम्मेलनमा लगानी सम्मेलन,मुलुकको वर्तमान अवस्था, अर्थतन्त्रमा देखिएका चुनौती र यसको समाधान लगायतका विषयमा अर्थमन्त्रीले आफ्नो धारणा राख्नुहुने बताइएको छ । सरकारले आगमी वैशाखमा लगानी सम्मेलनको तयारी गरेको छ ।
भने अर्थतन्त्रको सुधारका लागि नेपाल राष्ट् बैंकले पनि मौद्रिक नीतिमा लचकता अपनाएको छ । जसका कारण शयर बजार र घरजग्गा कारोबार बढ्ने अनुमान गरिएको छ भने बैंक्को ब्याजदर पनि एकल अंकमा झर्न थालेको .