
काठमाडौं, पुस ८ गते। मुलुको पछिल्लो राजनीतिक अवस्थाका विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ । पछिल्ललो राजनीतिक विषयसहित संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई टुंग्याउने सन्दर्भमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुले छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।
प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा विचाराधीन रहेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई अघि बढाउने सन्दर्भमा नेताहरुको छलफल भएको बताइएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाएमालेका अध्यक्ष केपी शर्मा ओली सहितका शीर्ष नेताबिच छलफल भएको हो।
संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई चाँडो भन्दा चाँडो टुंग्याएर शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने गरी छलफल अगाडि बढेको नेपाली कांग्रेस संसदीय दलका नेता रमेश लेखकले जानकारी दिनुभयो । तीन शिर्ष नेताबीच भोलि ९सोमबार० दिउँसो साढे चार बजे पुनः बालुवाटारमा बैठक बस्ने प्रमुख सचेतक लेखकले जानकारी दिनुभयो।