
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २१.०३ अंकले घटेर दुई हजार ८८.०७ विन्दुमा आइपुगेको छ । दुई हजार एक सयको विन्दुमा रहेको सूचक आइतबार पुनः घटेको हो ।
मौद्रिक नीतिको त्रैमासिक समिक्षापछि करिब तीन सय अंकसम्मले बढेको बजारले अघिल्लो साता पाँच दिन भएको कारोबारमा विहिबार पनि बजार करेक्सनमा गएको थियो । आज सुरुवाति समयमा बजार बढेको भए पनि लगानीकर्ताहरुमा नाफा बुक गर्ने होडले बजार करेक्सनमा गएको सेयर लगानीकर्ता बताउँछन् ।
यसदिन धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका तीन सय ९ कम्पनीको एक करोड ८५ लाख कित्ता सेयर खरिद विक्रि हुँदा सात अर्ब ११ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीमा शिवम् सिमेन्ट लिमिटेड रहेको छ । कम्पनीको तीस करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, हाथवे इन्भेष्टमेन्ट नेपाल, सोनापूर मिरल्स एण्ड आयल, घोराही सिमेन्ट इन्ड्रष्टि, आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको १९ करोड रुपैयाँदेखि २९ करोड ५० लाख रुपैयाँसम्मको कारोबार भएको छ ।