विदुर । नुवाकोट जिल्लाको पुरानो विद्यालय श्री भैरुम माविले आफ्नो ६४ औं वार्षिक उत्सव तथा अभिभावक भेलाको आयोजना गरेको छ । विदुर नगरपालिका वडा नं ९ मा विद्यालयको प्रांगणमा सोमबार आयोजित कार्यक्रममा विशिष्ट व्यक्तित्व र कलाकारका साथमा कार्यक्रम आयोजना गरिएको थियो । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा, विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठसहितका अतितिथिहरुको उपस्थितिमा भएका कार्यक्रममा विद्यालयमा उत्कृष्ट भएका विद्यार्थी, विद्यालयलाई विभिन्न ढंगबाट योगदान गर्ने समाजसेवी,बुद्धिजिबिहरुलाई पनि सम्मान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु पण्डितको सभापत्विमा भएको कार्यक्रममा प्रमुख अतिथि तथा कांग्रेस नेता बहादुरसिंह लामा, विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, म्यागड. गाउँपालिकाका अध्यक्ष आशा लामा,विदुर नगरपालिकाका पूर्व मेयर सञ्जु पण्डित लगायतका वक्ताहरुले सामुदायिक विद्यालहरु मध्ये जिल्लामा नै एक उत्कृष्ट विद्याललयको रुपमा स्थापित भएको भन्दै विद्यालयको प्रशंसा गर्दै सफलताको कामना गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिवराम श्रेष्ठले विद्यालयको आर्थिक तथा वार्षिक गतिविधिका बारेमा प्रष्ट पार्नुभएको थियो । सो कार्यक्रममा प्रमुख अतिथि लामाले नुवाकोट जिल्लाकै पुरानो विद्यालय रहेको र यसलाई अझ बलियो र गुणस्तीय शिक्षा प्रदान गर्नका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । सो अवसरमा विदुर नगरपालिकाका मेयर श्रेष्ठले नगरपालिकाभित्र रहेको विद्यालयहरुमा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि नगरपालिकाले काम गरिरहेको र सबैको सहयोगको आवश्यकता रहेकोमा जोड दिनुभएको थियो । कार्यक्रममा अभिावक, विद्यार्थी तथा स्थानीय नागरिकहरुको पनि सहभागिता रहेको थियो ।