विदुर । बेलकोटगढी नगरपालिकाका उपमेयर शिव दाहालले योजना कार्यान्वयन र भुक्तानीका सम्बन्धमा कमिसन मागेको भन्दै समाचार सार्वजनिक भएको प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
उपमेयर दाहालले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल र एक अनलाइनले बेलकोटगढी वडा नं. ९ साँधी खोला नलगाउ, सडक निर्माणको सन्र्दमा ठेकेदारहरुसँग कमिशन मागेको भन्ने व्यवहोराको समाचार प्रकाशित भएको प्रति आफ्नो पूर्णत असहमति रहेको उल्लेख गरेका छन् । उपमेयरले उक्त सडकको काम गुणस्तरहीन भएको र दोस्रो किस्ता लिएर निर्माणको काम नगरी बसेको उपभोक्ता समितिलाई आफूले फोन गरेर कामको विषयमा जानकारी गराएको स्पष्ट पार्दै यसलाई बंग्याउँदै आफ्नो प्रतिष्ठा माथि आँच पु¥याउने र चरित्र हत्या गर्ने षड्यन्त्र स्वरुप समाचार प्रकाशित भएको र यसका लागि कांग्रेसका पार्टी प्रवक्ता नारायण अधिकारी र कार्यालय सचिव विवेक लामिछानेको हात रहेको भन्दै खण्डन गरेका छन् ।
उपमेयर दाहालले आफू अहिलेसम्म कुनै लाभको पदमा नरहेको र पैसाकै लागि राजनीति नगरेको भन्दै आफूले आफ्नो घर–व्यवहार र परिवार सञ्चालन गर्नका लागि व्यापार व्यवसाय गरिरहेको पनि स्मरण गराएका छन् । उनले एक जिम्मेवार जनप्रतिनिधिको नाताले सरकारी संयन्त्रबाट हुने कार्यबाट खबरदारी गरेको र गरिरहने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो तर्फबाट कुनै कमजोरी नभएको र आफू आम पार्टीका कार्यकर्ता एवम् बेलकोटगढीको नागरिकको मतको सम्मान गर्दै कुनै पनि गलत नियत राखी काम नगर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले स्थानीय सत्ता सञ्चालन ऐन २०७४ अनुसार बेलकोटगढी नगरसभाले पास गरेको अनुगमन भत्ता संयोजनको नाताले समेत अहिलेम्म आफूले नलिएको स्पष्ट पारेका छन् ।
उता कांग्रेस जिल्ला पार्टी प्रवक्ता नारायण अधिकारी र कार्यालय सचिव विवेक लामिछानेले आफ्नो नाम मुछेर उमेयरले प्रकाशित गर्नुभएको विज्ञप्तिप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै समाचार र विज्ञप्तिमा भनिएजस्तो त्यस विषयमा आफ्नो कुनै संलग्नता नभएको उल्लेख गरेका छन् । नेताद्धयले आफूलाई बदनाम गराउन गरिएको षड्यन्त्र भन्दैयस विषयमा पार्टी कार्यालय निवेदन दिने र कारबाहीका लागि प्रक्रिया अघि बढाउने समाजिक सञ्जाल मार्फत प्रष्ट पारेका छन् ।
उपमेयर दाहालले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्नुभएको आफ्नो प्रष्टिकरण
प्रेस बिज्ञप्ति
बेलकोटगढी नगरपालिका भित्रका योजना अनुगमन सम्वन्धमा सामाजिक सञ्जाल र दैनिकि अनलाईनमा आयको समाचार प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । बेलकोटगढी अन्तर्गतगत वडा नं ९ साधिखोला नलागाउ भट्ट थोक को सडक निमार्णको सन्दर्भमा उक्त सडक निर्माण ठेकेदारहरु तत्कालीन पार्टी कार्यलय सचिब बिबेकलामिछाने र पार्टी प्रबक्ता नारायण अधिकारी ज्यु ले गरेको गुणस्तरहिन काम भएको भनि स्थानिय उपभोक्ताहरुवाट नगरपालिकामा लिखित तथा मौखिक उजुरी दिएको सन्दर्भमा अनुगमन समितिको संयोजकको हैसियतले म स्थलगत अनुगमन गर्न पुग्दा कामको प्रकृति मलाई उपभोक्ताले जे सुचना दियका थिय उस्तै पाय ,
तत्काल निर्माणाधिन स्थलबाटै उपभोक्ता हरुको रोवर मा ठेगदार लाई फोन गरे उहाको फोन निकै लामु बिजि भयो र म १२ नम्बर वडा गय त्याहाबाट फर्कदा फोन गरे र काम गुणस्तर को नभयको भिडियो फेसबुक म्यासेन्जर मा पठाई दियको , काम निर्माणाधिन रहदा रहदै दोस्रो किस्ता रकम ९रनिङ्ग बिल० खाता मा प्राप्त भयपछि ठेकदार काम नगरि चुपचाप बसेकोले तत्काल गुणस्तरीय कामगरि छिटो सम्पन्न गरि समुदायले सरकारको अपनत्व प्राप्त गर्न सकियोस भन्ने खातिर मैले ठेकदार लाई टेलिफोन सम्बादमा भिडियो हेर मेरो पछाडि पार्टी ,नेता ,जनता, भाईसाथि मलाई मतदिने मतदाता स्थानिय सरकारको कामकारबाही को खबरदारी गररहने सचेत नागरिक र उनिहरुको प्रतिनिधि रहेको कुरा उल्लेख गरेको थिय,कहिकतै त्यस सम्बादमा शब्द चयन गलत भयमा९म प्रति भरोषा र बिस्वास गर्नु हुने सबै मा क्षमा यचना गर्दै ० उक्त ठेकदारले कम गुणस्तर काम गरि काम सम्पन्न गर्न फरफारक गर्न अनेक तिकडम र दाउगरि आफनु ब्यक्ति गत काम पनि गर्न बाध्यकारी बनाउने योजना अनुरुप बिगत जेठ महिना देखि महिले बोलेका सम्बादलाई ईडिटगरी बेलकोटगढी को उपप्रमुख ले पैसा माग्यो भनी मेरो चरित्र हत्या गर्ने समुदायमा भ्रम सिर्जना गर्ने काम भयकोछ जुन हदैसम्म जति भत्सर्ना गरे पनि कम हुन्छ।
मेरो लामो राजनितिक यात्रामा कहिल्यै लाभको पद र रुपैया पैसामा लालायित नभयको र आफनु दैनिक घरपरिवार सन्चालन को लागि व्यापार व्यबसाह गर्दै आयको कुरा यहा हरुलाई सर्बबिदितै छ। म माथि अनगल प्रचार खेद प्रकट गर्दै बेलकोटगढी नगर पालिका भित्र निर्माणाधिन सबै साना, ठुला योजना हरुको काम ,काम को गुणस्तर प्रति निष्पक्ष अनुगमन स्थानियसमुदाय बाट पनि गरिरहनुपर्ने , चित नबुझेका बिषयमा स्थानियतहलाई जानकारि गर्नुहुन दोषि देखिय जोकोहि प्रति अंकुश लाग्ने प्रतिबध्दता व्यक्त गर्दै आगामिदिनमा पनि स्थानिय सरकार प्रति खबरदारि गरिरहन सचेत नागरिक ,स्थानियवासी दाजुभाई दिदिबहिनी ,लगायत सबै सरोकार वाला माहानुभाब हरुमा अनुरोध गर्दछु।
आममतदाता र म प्रतिभरोषा गर्नु हुने सबै मा बेलकोटगढी नगरपालिका मा आर्थिक बर्ष २०७९र२०८० मा उपभोक्त समिति र निर्माण व्यबसाहि ले गर्नु भयको बिकाश निर्माण को करिब २५० भन्दा बढी अनुगमन गरेको उक्त उपभोक्त समिति र निर्माण व्यबसाहि सग बुझेर सत्य तत्थ पतालगाउन हुन भनि अनुरोध गर्दछु।
साथै महिले स्थानियसत्ता सन्चालन एेन २०७४ अनुसार बेलकोटगढी नगरसभाले पास गरेको अनुगमन भत्ता पनि आर्थिक बर्ष २०७९र२०८० को नलिगेको जानकारी सबैमा गराउन चाहान्छु । संयोजक
शिब प्रसाद दाहाल
बेलकोटगढी नगर अनुगमन समिति