बेलकोटगढीमा सवारी दुर्घटना : पैदलयात्री वृद्धको मृत्यु, चालक पक्राउ

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ १०, आईतवार ०७:४९


नुवाकोट ।नुवाकोटको बेलकोटगढी नगरपालिका मा सवारी दुर्घटना हुँदा एक जना वृद्धको मृत्यु भएको छ।


जिल्लाको बेलकोटगढी नगरपालिका–१ भन्ज्याङस्थित शेरा–चिम्टेश्वर भित्री सडकखण्डमा शनिबार अपराह्न करिब ३ः३० बजे बा ३ क २०३० नम्बरको आइचर गाडीले पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।


दुर्घटनामा स्थानीय अन्दाजी ६५ वर्षीय कृष्णबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनापछि गाडी फरार भए पनि प्रहरीले खोजतलास गर्ने क्रममा आइचर गाडी र चालक बेलकोटगढीकै अन्दाजी ४३ वर्षीय भीम तामाङलाई नियन्त्रणमा लिएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *