
फाइल तस्बिर
विदुर । जिल्ला प्रशासन कार्यालयले बजार अनुगमलाई तिब्रता दिएको छ । प्रमखु जिल्ला अधिकारी रामकृष्ण अधिकारी नुवाकोट सरुवा भएर आएसँगै आज पहिलो पटक बजार अनुगमन गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलको नेतृत्वमा स्वास्थ्य, घरेलु,पशु,कृषि एवं खाद्य प्रविधिका कर्मचारी तथा उपभोक्तासहित नेपाल पत्रकार महासंघका प्रतिनिधिहरुको टोलीले लिखु गाउँपालिकाका विभिन्न कृषि वीउविजन तथा विषादी पसलहरुको अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा विषादीको मापदण्ड बमोजिम भण्डारण नगरेका ४ वटा पसललाई प्रतिपसल ५ हजारका दरले जरिवाना गरिएको छ । साथै मापदण्ड अनुसार पसल सञ्चालनका लागि निर्देशन समेत दिएको सहायक प्रमुख जिल्ला अधिकारीले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।
यस्तै अनुगमन टोलीले अन्य पसल तथा फर्महरुलाई समेत सुधारका लागि निर्देशन दिएको छ । पहिलो पटक निर्देशन दिइएका पसलहरुले सुुधार गरे नगरेको पुनः अर्को पटक अनुगमन गरेर कानुन अनुसार कडा सजाय गरिने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ