
राजेन्द्र श्रेष्ठ, अध्यक्ष, नुवाकोट उद्योग बाणिज्य संघ ,नुवाकोट
नुवाकोट उद्योग वाणिज्य संघले माघ २७ गतेबाट आयोजना गर्न लागेको नुवाकोट महोत्सवको तयारी पूरा भएको आयोजकहरुले जनाएका छन् । हरेक दुई वर्षमा आयोजना गरिदँै आएको नुवाकोट महोत्सवको यो आठौं संस्करण हो । महोत्सवलाई व्यपारको रुपमा मात्रै लिने गरिएको गुनासो बारम्बार आउने गरेका छन् । यस पटक पनि महोत्सवका विषयामा आ आफ्नै टिप्प्णी भैरेहका छन् । संघको नयाँ नेतृत्वसँगै हुने महोत्सव यस पटक कस्तो होला त ? भन्ने विषयमा चौतर्फी कौतुहला भैरहेका बेला महोत्स मुल आयोजक समितिका संयोजक तथा नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले भने यस पटकको महोत्वसमा नुवाकोटका स्थानीय उत्पादनलाई कसरी विकास गर्ने भन्ने विषयलाई आफूहरुले मुख्य प्राथमिकतामा राखेको बताउनु भएको छ ।
नुवाकोट पुकारसँग कुराकानी गर्दै अध्यक्ष श्रेष्ठले आफूहरुको पहिलो प्राथमिकता महोत्सवबाट जिल्लाको आथिक गतितिविधि चलायमान बनाउनु रहेकाले पहिलो प्राथमिकता स्थानीय उत्पादनहरुलाई दिने बताउनुभयो । उहाले महोत्सवले सञ्चालन गरिने क्रियाकलापहरु मान्छेको आवश्यकता र चाहना अनुसार परिवर्तन हुने भन्दै यस पटक जिल्लाको कृषि क्षेत्रको बजारीकरणको लागि स्थानीय उत्पादनको स्टल सञ्चालन गर्नको लागि ५० वटा स्टल निःशुल्क गरिएको जानकारी पनि दिनुभयो । नुवाकोट जिल्लामा महोत्सव फेसन जस्तो भएको भन्दै उहाले नुवाकोट उद्योग बाणिज्य संघले गर्ने महोत्सव धेरै फरक रहने बताउनुभयो, उहाले भन्नुभयो, विगतमा मेला, महोत्सव उद्योग वाणिज्य सघले सञ्चालन गरिहेकोमा अहिले त विभिन्न क्लव, संघसंस्था तथा अन्य निकायले पनि गर्न थालेका छन् । हामीले सञ्चालन गर्ने महोत्सवले गरेका आम्दानी पारदर्शी हुन्छन् । महोत्सवमा हामीले गरेका आम्दानी सामाजिक काममा खर्च हुन्छ । हामीले महोत्सवको आम्दानीले विदुर क्षेत्रमा सिसिटिभी राख्ने काम गरेका छौँ । यसको लागि ३० लाख रुपैयाँ खर्च संघले गरेको छ । हामीले राखेका सिसिटिभि अहिले मर्मत गर्नुपर्ने अवस्थामा पुगको छ ।
अहिलेको महोत्सवमा भएको आम्दानीले त्यो मर्मत गर्ने सोच पनि हामीले राखेका छौँ । उहाले महोत्सवले जिल्लाको उद्योग, व्यापारमा विस्तारका साथै लगानीको सम्भानाहरुको खोजी गर्ने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष श्रेष्ठले महोत्सव गर्दा होटल व्यवसायमा राहत मिल्ने, व्यापार व्यवसाय चलायमान बनाउन पनि भूमिका खेल्ने बताउनुभयोे । अध्यक्ष श्रेष्ठले जिल्लाको सदरमुकाम विदुरमा भएको र यहा सबैका लागि आवत जावतमा पनि सहज हुने भएकाले यस पटक विदुरमा आयोजना गरिएको जानकारी दिनुभयो । उहाले जिल्लाको उद्योग व्यवसायको प्रवद्धन गर्ने र यसको संरक्षण गर्ने काम उद्योग वाणिज्य संघको भएकाले यसले गर्ने महोत्सवको भने बेग्लै अर्थ हुने दावी समेत गर्नुभयो । उहाले भन्नुभयो,संघले आयोजना गर्ने महोत्सवलाई सबैको साथ र सहयोग रहन्छ, प्रशासनले पनि सुरक्षासहितको सहयोग गर्ने गरेको छ र हामी पारदर्शी पनि हुन्छौं, तर कुनै क्लब र संस्थाहरुले त्यसो गरेको देखिदैन ।