
विदुर । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा नुवाकोटको लिखुगाउ पालिका प्रथम भएको छ । लिखु गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० को प्रारम्भिक नतिजामा ८३ दशमलव पाँच प्रतिशत अङ्क प्राप्त गर्दै जिल्ला प्रथम भएको हो । लिखु गाउँपालिकाकाले ले योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा १७ दशमलव ५, कार्यान्वयन क्षमता तथा व्यवस्थापन २३ दशमलव ५, लेखाङ्कन तथा प्रतिवेदनमा १७ प्रतिशत, अनुगमन मूल्याङ्कन तथा लेखा परीक्षणमा ११ र राजस्व व्यवस्थापनमा १४ दशमलव ५ प्राप्त गरेको जनाइएको छ ।
जिल्ला समन्वय समितिले मूल्याङ्कन गरी अन्तिम नतिजा प्रकाशन गरेको थियो ।सो मूल्याङ्कनअनुसार जिल्लाको किस्पाङ गाउँपालिकाले ७८ अङ्क, दुप्चेश्वर गाउँपालिकाले ७१ अङ्क, ककनी गाउँपालिकाले ७० दशमलव ५ अङ्क, बिदुर नगर पालिकाले ६६ दशमलव पाँच अङ्क, सृर्यगढी पालिकाले ६५ अङ्क, बेलकोटगढी नगर पालिका पालिकाले ६४ दशमलव पाँच अङ्क, शिवपुरी गाउ पालिकाले ६२ दशमलव ५अङ्क, मेघाङ गाउँपालिका र ताकेश्वर गाउपालिकाले ५९ अङ्क, र तादी गाउ गाउँपालिकाले ५५ दशमलव पाँच अङ्क प्राप्त गरेका छन ।
ककनी गाउ पालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा ८२ दशालव ७५ प्रतिशत अङ्क दाबी गरेको छ । अब सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसको गुणस्तर परीक्षण गरी पालिकाको अन्तिम नतिजा प्राप्त हुने जिल्ला समन्वय समिति नुवाकोटका सूचना अधिकारी राजन अधिकारीले नुवाकोट पुकारलाई जानकारी दिनुभयो । लिखु गाउँपालिकाको मूल्याङ्कनपछि पालिकाका अध्यक्ष धुव्र श्रेष्ठले आगामी वर्षहरूमा पनि स्थानीय तहमा प्रथम हुने गरी काम गर्ने बताउनुभयो । यस्तै स्वमुल्यांकनमा ककनी गाउँपालिका पहिलो भएको छ । १२ स्थानीय तह रहेको नुवाकोट जिल्लामा राजधानीसँग जोडिएको ककनी गाउँपालिका प्रथम भएको थियो ।
ककनीले ८२.७५ अंक सहित प्रथम हुन सफल भएको बताइएको छ । उक्त मुल्यांकनमा दुप्चेश्वर गाउपालिका ८०, किस्पाङ गाउपालिका ७७, पन्चकन्या गाउपालिका ७६.५, तादी गाउपालिका ७१.५, बेलकोटगढी नगरपालिका ७०.७५, सुर्यगढी गाउपालिका ७०, शिवपुरी गाउपालिका ६५.२५, लिखु गाउपालिका ६२.२५, बिदुर नगरपालिका ६१.२५, मेघाङ गाउपालिका ५५.२५ र तारकेश्वर गाउपालिकाले ५४.२५ अंक प्राप्त गरेको छ । दुई नगरपालिका र १० गाउँपालिका रहेको नुवाकोट जिल्लामा ककनी जिल्ला सदरमुकाम रहेको विदुर र बेलकोटगढीलाई समेत पछाडि पार्दै प्रथम हुन सफल भएको थियो ।