विदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोटले ककनी अपहरणमासंलग्न दुई जनालाई पक्राउ गरेको छ । माघ २२ गते जिल्लाको ककनी गाउँपालिका वडा नम्बर ४ निवासी ५६ वर्षीय को सुर्य बहादुर तामाङलाई अपहरण गर्न खोजने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी खगेन्द्र बहादुर खड्गाकाले जारी गर्नुभएको प्रेस नोटमा जनाइएको छ । उक्त घटनामा संलग्न मध्ये ककनी गाउँपालिका वडा नं. ४ बस्ने ३० वर्षीय राजकुमार तामाङ र शिबपुरी गाउँपालिका वडा नं. ८ बस्ने २४ वर्षीय चन्द्र बहादुर तामाङलाई पक्राउ गरिएको छ ।
प्रहरीले सार्वजनिक गरेको घटना विवरण अनुसार २२ गते राति एक बिरामी सिकिस्त रहेकोले उपचार गर्न अस्पतालसम्म लगिदिनु पर्यो भनि सहयोग मागेकोमा उनले बा ६ ज ७७७९ नम्बरकोनीजि सुजुकि अल्टो गाडीमा सहयोग गर्न हिडेको थिए । तर ककनी ४ काउले देखि ककनी जाने सडक खण्डमा एकान्त स्थानमा अचानक २ जना अपरिचित व्यक्तिले बाटो छेकि पडितलाई बन्धक बनाई उक्त गाडी सहित अपहरण गरेका थिए । उनीहरुले उक्त गाडीसहित जिल्लाकै पन्चकन्या गाउपालिकाको कबिलास जाने सडकखण्डको एकान्त स्थानमा आंखामा पट्टी बांधि गाडी भित्रै बन्धक बनाई, ज्यान मार्ने धम्की दिई ठुलो रकम माग गरेकोमा सातलाख दिने सहमति भएको ।
उक्त घटनापछि प्रहरीले माघ २३ गते जानकारी प्राप्त भएको र प्रहरी बृत बालाजु, काठमाण्डौको सहयोगमा माग गरेको रकम लिन आएका अपहरणकारीलाई काठमाण्डौ महानगरपालिका वडा नम्बर १६ माछापोखरीबाट तत्कालै पक्राउ गर्न सफल भएको साथै पिडित सुर्य बहादुर तामाङ पनि सोही दिन सकुसल उक्त स्थानबाट अपहरणमुक्त गरिएको थियो । निज अभियुक्तहरुलाई २४ माघमा गते नै जिल्ला अदालत नुवाकोटमा उपस्थित गराई अपहरण तथा शरीर बन्धक मुद्दामा सात म्याद लिई अनुसन्धान तथा कारवाही अगाडी बढाइएको । घट्नामा संलग्न अन्यको खोजि कार्य जारी रहेको जनाइएको छ ।