
नुवाकोट । नुवाकोटको विदुरमा जारी आठौँ नुवाकोट महोत्सव यस पटक स्थानीय उत्पादनहरुले पनि महत्वपूर्ण प्राथमिकता पाएका छन् । ,ऐतिहासिक, धार्मिक तथा कला संस्कृतिको विकास, नुवाकोटमा समृद्धिको निकास भन्ने नाराकासाथ सुरु भएको महोत्सवमा स्थानीय उत्पादनका लागि स्टलहरु नै व्यवस्थापन गरेर त्यसको प्रदर्शनी गरिएका कारण महोत्सवमा यसको अबलोकन गर्नेहरुको संख्या पनि बढिरहेको छ ।
महोत्सवमा स्थानीयले उत्पादन गरेको ९ किलोको मुला,६३ किलोको खुकुरी,एक घरीमानै १ सय ५० वटा भन्दा बढि फलेको केराको घरि,आठ किलोको काउँलीहरु समेत प्रर्दशनीमा राखिएको छ । यस्तै स्थानिय उत्पादन स्ट्रबेरी र राजा च्याउ र गानोडोर्मा चिया समेत राखिएको छ । किस्पाङ गाउँपालिका वडा नम्बर २ को ताजीकी रिता भट्टले फलाएको एउटै मुला ९ किलोको रहेको छ ।
यस्तै महोत्सवको अर्को आकर्षणका किस्पाङ गाउँपालिका–४ साल्मेका तामाङ समुदायद्वारा प्रस्तुत घोडा नाच पनि रहेको छ । तामाङ समुदायको जातीय उत्पत्तिसहित सामाजिक, आर्थिक र धार्मिक मान्यताका विभिन्न किम्वदन्ती जोडिएको घोडा नाच लोप हुन नदिन महोत्सवमा प्रस्तुत गरिएको छ । यसले सिंगो त्यस भेगको महत्वपूर्ण प्रतिनिधित्व भएको छ । आधुनिकतासँगै हराउँदै गएको उक्त नाचलाई संरक्षण, प्रवद्र्धन र प्रचारप्रसारको लागि किस्पाङ –४ मा सङ्गम छेज्यु सांस्कृतिक मेला एवं घोडा नाच प्रदर्शन समूह स्थापना गरेर पर्वहरुमा अभ्याससहितको प्रदर्शनी थालिएको बताइएको छ ।

यस्तै महोत्सवमा नुवाकोट जिल्लाका विभिन्न कृषि सम्बन्धि उद्योगहरुले उत्पादन गरेका खाद्य बस्तुहरु, तरकारी,, लगायकता वस्तुहरु पनि प्रदर्शनीमा राखिएका छन् । महोत्सवमा राष्ट्यि कलाकारहरुको प्रस्तुतीले पनि थप आकर्षक बनाएको छ । नाम चलेका कलाकाहरु बद्री पंगेनी, सिताराम कट्ेल, कुञ्जना घिमिरे, रमेश प्रसाई,लोक दोहोरी गायिका कल्पना दाहालसहितका दर्जनौं कलाकारहरुले प्रस्तुती प्रदान गरिरहेका छन् । साथै स्थानीय कलाकारहरुले पनि आफ्नो प्रस्तुती दिइरहेका छन् ।

महोत्सवमा दिन अनुसार राजनीतिक दलका नेताहरुलाई निमन्त्रण गरेर उनीहरुका कुरा सुन्ने व्यवस्था पनि मिलाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले माघ २६ गते उद्घाटन गर्नुभएको महोत्सव फागुन ७ गते समापन हुनेछ । महोत्सवमा २ सय ५० स्टलसहित अन्य मनोरञ्जनका धेरै साधनहरु राखिएको छ । अवलोकनकर्ताहरुका लागि फोटो सेसनका लागि नुवाकोट दरबारको प्रतिक, फुलहरुले सिंगारिएको बगैजासहितको व्यवस्था समेत गरिएको छ ।

विगतका महोत्सवको तुलनामा यस पटक दर्शकहरुको संख्या बढिरहेको देख्न सकिन्छ । आयोजक संस्थाले यस पटक महोत्सवमा पाँच करोड भन्दा माथिको कारोबार हुने अनुमान गरेको छ । महासंघले महोत्सवबाट भएको आम्दानीबाट उद्योगी व्यवसायीको हितकासाथै विभिन्न सामाजिक कार्य गर्दै आएको छ । संघलेयस पटकको आम्दानीबाट जिल्ला सदरमुकाम विदुर क्षेत्रमा सिसि क्यामेरा ममर्त तथा थप जडान गर्ने बताउँदै आएको छ ।


