
धादिड. । नेकपा एमाले धादिङको अध्यक्षमा भूमि त्रिपाठी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट त्रिपाठीको प्यानल नै निर्वाचित भएको नेकपा एमाले धादिड.ले जनाएको छ । निर्वाचनमा त्रिपाठीले आफ्ना प्रतिस्पर्धी रामकुमार अधिकारीलाई ७१ मतले पराजित गरे।
त्रिपाठीले ३०९ मत प्राप्त गरे भने अधिकारीले २३८ मत पाएका थिए। त्रिपाठी समूहबाटै उपाध्यक्षमा अर्जुन श्रेष्ठ गोरखाली र सचिवमा राधिका सापकोटा विजयी भएका छन्। गोरखालीले ३१५ मत र राधिका सापकोटाले ३३८ मत ल्याए । रामकुमार अधिकारी समूहबाट उपाध्यक्षका उम्मेदवार रामकुमार आचार्यले २३२ र सचिव पदका उम्मेदवार हरिराम लोहनीले २०९ मत ल्याउनु भएको थियो ।
त्रिपाठी समूहबाट खुला उपसचिवतर्फ भक्तबहादुर लामिछाने ३४८ मत र महिलातर्फ उर्मिला रेग्मी रूपाखेती ३५१ मत ल्याएर निर्वाचित भएकी छन्। प्रतिनिधि छनोटका विषयमा निकै लामोविादपछि बिहीबार भएको मतदानमा त्रिपाठी पक्षले आफ्नो पकड कायम राख्न सफल भएको छ । प्रतिनिधिबिच नै कुटाकुट भएपछि अधिवेशन स्थगित भएको थियो ।
