
विदुर । नुवाकोट जिल्लाको सदरमुकाम विदुरमा जारी रहेको नुवाकोट महोत्सवमा आज शनिबार दर्शकको भिड लागेको छ । माघ २६ देखि सञ्चालन भएको महोत्सवमा राष्ट्यि कलाकारहरुको उपस्थितिले सिंगो जिल्लाका दर्शकलाई तानेको छ । अन्य दिनको तुलनामा आज शनिबार दर्शकहरुको भिड लागेपछि महोत्सवमा निकै रौनकता थपिएको छ । आज पनि राष्ट्यि स्तरका कलाकाहरुले आफ्नो प्रस्तुती पस्किरहेका छन् ।
समिक्षा अधिकारी लगायतका कलाकाहरुले दर्शकलाई मनोरञ्जन प्रदान गरिरहेका छन् । फागुन ७ गतेसम्म विदुरमा हुने आठौं नुवाकोट महोत्सवमा देशिएको दर्शकहरुको उत्साहले आयोजकलाई भने निकै उत्साहित बनाएको छ । मुलक आर्थिक मन्दीको अवस्थामा रहेको बेला महोत्सवले दर्शक तान्न नसक्ने बताइरहेका बेला नुवाकोटमा भने दर्शकले देखाएको उत्साहजनक सहभागिताले नुवाकोट उद्योग वाणिज्य संघले आयोजना गर्ने महोत्सवको महत्वलाई दर्शाएको आयोजकहरुको दावी रहेको छ । महोत्सवमा स्थानीय तथा रैथाने उत्पादनलाई पनि महत्व दिइएको छ । स्थानिय पालिकाहरुले आफ्नो पालिकामा रहेका रैथाने उत्पादनहरु पनि महोत्सवमा प्रदर्शनी राखेका छन् ।

स्थानीय उत्पादनको बजारीकरण, पर्यटन, कला तथा संस्कृतिको प्रवर्द्धन गर्ने महोत्सवको मुख्य उदेश्य राखिएको र कोरोना महामारीपछि सुरु भएको आर्थिक मन्दीले शिथिल आर्थिक कारो‘धार्मिक, ऐतिहासिक कला संस्कृतिको संवद्र्धन, दीगो आर्थिक विकासका लागि व्यवसायिक प्रवद्र्धन’ भन्ने नाराका साथ हुन लागेको महोत्सवले नेपाल भ्रमण वर्ष र नुवाकोटको आर्थिक समृद्धिलाई टेवा पु¥याउने अपेक्षा संघले लिएको छ । दुई सय ५० वटा स्टल रहेको महोत्सवको स्टलका लागि संघमा आबद्ध सदस्यलाई २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । यस्तै महोत्सवमा अपाड.गता भएकाहरुलाई निःशुल्क प्रवेशको व्यवस्था समेत गरिएको छ ।महोत्सवमा निशुल्क दुघ र अण्डा देखि माकस समेत वितरण गरिएको छ ।