
विदुर । नुवाकोट उद्योग बाणिज्य संघको आयोजनामा भएको नुवाकोट महोत्सव सम्पन्न भएको छ । माघ २६ गतेदेखि फागुन ७ गतेसम्म नुवाकोटको सदरमुकाम बिदुरमा आयोजित आठौं नुवाकोट महोत्सवमा एकलाख भन्दा बढीले अवलोकन गरेको र पाँचकरोड भन्दा बढीको कारोबार भएको संघले प्रारम्भिक अनुमान गरेको छ ।
महोत्सव समापनपछि संघका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले महोत्सव भब्यरुपमा सम्पन्न भएको भएको भन्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । मंगलबार आज एक विज्ञप्ति जारी गर्दै उप्रेतीले नेपाल सरकारका सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहालबाट उद्घाटित महोत्सव धेरै अर्थमा ऐतिहासिक बन्न पुगेको यो महोत्सवले जिल्लाको आर्थिक क्षेत्रलाई चलायमान बनाउन र जिल्लाको समग्र आर्थिक बिकासको आधार तय गर्न महत्वपूर्ण योगदान पु¥याउने हाम्रो व्यक्त गरेका छन् । उनले महोत्सवलाई सार्थक र सम्पूर्णरुपमा सफल बनाउन सबै क्षेत्रबाट प्राप्त सहयोग, समन्वय, सुझाव र सक्रियताप्रति आभारी व्यक्त समेत गरेको आफ्नो विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनले नुवाकोट उद्योग बाणिज्य संघ महोत्सवको आयोजक मात्र हा भएको र यसको सफलतामा जोडिएका महोत्सवका सम्पूर्ण प्रायोजकहरु, महोत्सवमा आफ्नो स्टल राखेर महोत्सव सफल बनाउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएका सम्पूर्ण ब्यवसायी, कृषी, घरेलु तथा लघु उद्यमी र बैंक तथा बित्तिय संस्थाका प्रतिनिधिज्यूहरु, महोत्सवको सुरक्षाब्यवस्था मजबुत बनाउन अहोरात्र खटिनुहुने नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकृत एवं जवानहरु, नुवाकोट उद्योग बाणिज्य संघका पदाधिकारी एवं सदस्यज्यूहरु, र महोत्सवको सकारात्मक प्रचारप्रसारमा निरन्तर क्रियाशिल संचारकर्मी सबैलाई धन्यावाद पनि दिएका छन् ।

संघले महोत्सव फगत मनोरञ्जनका लागि मात्र हो भन्ने भनाईलाई चिर्न पनि नुवाकोट महोत्सव सफल भएको हाम्रो ठम्याई छ । महोत्सवका स्टलहरुमा रहेका कृषि उत्पादन, लघु घरेलु उद्यमीका उत्पादनहरुमा अवलोकनकर्ताहरुले देखाएको अभिरुचिले महोत्सवमो एउटा उद्धेश्य सफल भएको निश्कर्ष समेत निकालेको छ । महोत्सवको संरक्षकत्व प्रदान गर्ने बिदुर नगरपालिकाप्रति हामी हार्दिक आभारी छौं भने जिल्ला समन्वय समिति, नेपाल उद्योग बाणिज्य महासंघ, नुवाकोटका सबै स्थानीय तहहरुलाई संघको तर्फबाट बिशेष धन्यवाद ज्ञापन गर्न चाहन्छु, विज्ञप्तिमा उल्लेख छ । महोत्सव सफलताको सबै भन्दा महत्वपूर्ण पाटो सुरक्षा ब्यवस्थापन हो ।

महोत्सवको सुरक्षा ब्यवस्थापनमा देखिएको मजबुती पनि महोत्सव सफल बनाउने एउटा प्रमुख आधार बनेको छ । यसका लागि म नुवाकोटका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखका साथै सुरक्षा ब्यवस्थापनमा सहयोग पु¥याउने सबैमा कृतज्ञता अर्पण गर्न चाहन्छु विज्ञप्तिमा भनिएको छ । यस्तै महोत्सव सफलताको महत्वपूर्ण आधार भनेकै अवलोकनकर्ताहरु भएको भन्दै सुरुवातको दिन देखिनै जसरी महोत्सवमा अवलोकनकर्ताहरुको अत्यधिक आगमन भएकाले आफूहरु उत्साहित भएको पनि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । महासंघले यस पटकको महोत्सवमा स्थानीय रैथाने उत्पादनदेखि राष्ट्यि स्तरका कलाकारहरुको सहभागिता गराएर महोत्सवमा दर्शक तान्न सफल भएको थियो । जिल्लाका अधिकांश स्थानबाट सर्वसाधारणहरु महोत्सवमा सहभागि भएका थिए । अन्य संघ संस्थाले गरेको महोत्सवप्र्रति जिल्लाबासीमा त्यति रुचि नदेखिएका बेलामा पनि संघको आयोजनामा भएको महोत्सवले भने दर्शक तान्न सफल हुनुले उसको विश्वसनियतालाई थप उचाईमा पुर्याएको छ ।