
काठाडौं । बैठकमा अहिले उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माको प्रतिवेदनउपर छलफल भइरहेको प्रचारप्रसार उपसमिति संयोजक मीनबहादुर विश्वकर्माले जानकारी दिए। बुधबार रातिसम्म महासमिति सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम नसकिएपछि आज पनि महासमिति सदस्यहरूले धारणा प्रस्तुत गर्ने चलिरहेको छ।
महासमिति सदस्यहरूले बोलिसकेपश्चात् सातवटै प्रदेशका सभापतिहरूले आ–आफ्नो प्रदेशबाट उठाइएको सुझाव र धारणलाई प्रतिवेदनसहित मूल हलमा प्रस्तुत गर्ने कार्यतालिका छ। सोमबारबाट सुरु भएको महासमिति बैठक आजै सक्ने तयारी रहेको संयोजक विश्वकर्माले बताए।