
नुवाकोट जिल्लाको सुर्यगढी गाउँपालिकाको प्रशासकीय भवन बनाउने जग्गा उपलब्ध भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को आजको बैठकले सुर्यगढी गाउँपालिकाको प्रशासकीय भवन निर्माणको लागी वडा नम्बर ३ तिनथुम्कीको ६ रोपनी जग्गा उपलब्ध गराउने निर्णय भएको जानकारी आएको गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेले जानकारी दिनुभयो । अर्थमन्त्री डा प्रकाशशरण महतको सक्रियतामा सरकारल उक्त जग्गा उपलब्ध गराएको भन्दै सामाजिक सञ्जालबाट मन्त्री महतलाई धन्यवाद ज्ञापन समेत गरिएको छ ।
स्थानीय सरकार गठनसँगै पहिलो कार्यकाल र दोस्रो कार्यकालमा लागि नेपाली कांग्रेसबाट अध्यक्षमा निर्वाचित तामाड.को सक्रियतामा भवन निर्माणका लागि संघीय सरकारसम्म दवाव पुगेको थियो । अन्य गाउँपालिकाहरुले आफ्नै भवन बनाएको भएपनि सुर्यगढीभने भने आफ्नो भवन बनाउन सकेको थिए । जग्गा प्राप्तिसँगै अब भवन निर्माणका लागि गाउँपालिकाले बजेट छ्ट्याउने र भवन निर्माणको काम अघि बढाउने अध्यक्ष घलेले नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।