
तस्बिर ः नयाँ पत्रिकाबाट
काठमाडौं एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको निर्णायक छलफलपछि मात्र सरकारमा सहभागी हुने–नहुनेबारे निर्णय लिने भएको छ । करिब पाँच घण्टा चलेको केन्द्रीय सचिवालयको बैठकले विभिन्न पाँच विषयमा प्रधानमन्त्रीसँग निर्णायक छलफल गर्ने र प्रधानमन्त्रीबाट आउने प्रतिबद्धताको आधारमा सरकारमा सहभागिताको विषय टुंग्याउने निर्णय गरेको जनाइएको छ ।
बैठकले प्रधानमन्त्रीसँग वार्ता गर्न अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रवेश हमाल र महासचिव घनश्याम भुसाललाई जिम्मेवारी दिएको छ । तीनैजना नेताहरू प्रधानमन्त्रीसँग निर्णायक छलफलका लागि बालुवाटारतर्फ लागेका छन् । छलफलका लागि नेताहरु बालुटार पुगेका छन् । प्रधानमन्त्रीले चित्तबुझ्दो प्रतिवद्धता जनाएको खण्डमा आजै नै सरकारकामा सहभागि हुने तयारी समेत गरिएको नेताहरुले बताएका छन् ।