
सम्पादकीय
विद्यालय शिक्षा अन्र्तरगत कक्षा १० को एसइई परीक्षा भोलिबाट अर्थात चैत्त १५ गतेबाट सुरु हुँदैछ । देशभरबाट करिब पाँच लाख विद्यार्थी सहभागि हुने परीक्षाको सबै तयारी पूरा भैसकेको र प्रश्नपत्र समेत सम्बन्धित परीक्षा केन्द्रमा पठाइसकिएको राष्ट्यि परीक्षा बोर्डले जानकारी गराइएको छ ।
कुनै समय विद्यार्थीका लागि एसइई परीक्षा भन्ने वितिक्कै फलामेढोका पार गरे जस्तै थियो । तर पछिल्ला वर्षहरुमा यसको सुधारका कारण विद्यार्थीहरुमा त्यस प्रकारको डर,त्रास हट्दै गएको छ । सरकारले माध्यमिक तहको शिक्षाका रुपमा कक्षा १२ सम्म राखेपछि विद्यार्थी र अभिभावकमा पनि एसइईको हाउँगुजी हटेको छ । परीक्षा बोर्डले पनि विद्यार्थी फेल हुने, कक्षा ११ मा भर्ना हुन नपाउने व्यवस्थाको अन्त्य गर्दै अत्यन्त न्युन ग्रेड ल्याउने विद्यार्थीले मात्रै कक्षा ११ मा भर्ना नपाउने नियम बनाएको छ । जसका कारण अधिकांश विद्यार्थीलाई कक्षा ११ को ढोका खुला भएको छ । यसले विद्यार्थीहरुमा एसइईको जुन त्रास थियो त्यो हटेको छ । तर यसले पढ्नै पर्ने कुरामा भने कमि ल्याएको छ । विगतमा विद्यार्थीहरुले प्राप्त गरेको नतिजा र अहिलेको नजितालाई हेर्ने हो भने विद्यार्थीहरुको नतिजा भने कमजोर देखिएको छ ।
विगतका वर्षहरुमा विद्यार्थीहरुले एसएइईका लागि गर्ने मिहिनेतमा कमी आएको छ । जसका कारण शिक्षाको गुणस्तर समेत खस्कदै गएको देखिन्छ । त्यसमा पनि सामुदायिक विद्यालयका विद्यालयहरुको स्तर छ झन कमजोर रहने नै भयो । यद्यपि यो वर्षदेखि एसइईमा उर्तीण हुनको लागि ३५ प्रतिशत अंक ल्याउनुपर्नै अनिवार्य व्यवस्थाका कारण नतिजामा केही सुधारको आशा गर्न सकिने अवस्था बनेको छ ।
एसइईको परीक्षा प्रणाली संशोधन भएको मात्र हो,एसइई उत्र्तीण भएपछि विद्यार्थीले आफ्नो भविष्यका लागि चाहेको विषय पढ्नका लागि कक्षा ११ बाट नै सुरु हुन्छ । एसइईमा विद्यार्थीले राम्रो प्रतिशत वा ग्रेड प्राप्त गर्न सकेन भने उसले चाहेको विषय अध्ययन गर्ने बाटो बन्द हुन्छ भने उसको क्षमताले पनि नभ्याउन सक्छ । यसतर्फ विद्यार्थी,अभिभावक र विद्यालयको पनि ध्यान जानु जरुरी छ । अर्कोतर्फ हरेक वर्ष पाँच लाख विद्यार्थीहरु एसइई परीक्षा दिएर बसेका हुन्छन् । उनीहरु उच्च शिक्षाका लागि तयार हुन्छ । पाँच लाख विद्यार्थीले एसइई पार गर्दै गर्दा त्यसपछिका दिनमा माथिल्लो कक्षामा अध्ययन गर्ने विद्यार्थीको संख्या दिनानुदिन घट्दै जाने गरेको तथ्यहरुले पुष्टि गर्दै गएको छ । त्यसमा पनि पछिल्ला वर्षहरुमा त प्लस टु पार गरेपछि अधिकांश विद्यार्थीको रोजाई, अष्टेलिया, अमेकिरा, जापा, क्यानडा, जर्मन जस्ता मुलुकहरु हुने गरेको छ ।
नेपालमा नै रहेका विद्यार्थीहरु मध्ये स्नाकोत्तरतहमा अध्ययन गर्ने विद्यार्थीको संख्या मुश्किलले १० प्रतिशत पनि पुग्न मुश्लिक छ । यसका धेरै कारणहरु छन् । विद्यार्थीको अध्ययनप्रतिको रुचीमा कमी, बेरोजगारीको संख्या दिनानुदिन बढ्नु , रोजगारमुलुक शिक्षाको अभाव नै हुन । यो समस्या परम्परागत बनिरहेको छ । यो वर्ष एसइई दिने अधिकांश विद्यार्थीको रोजाई कक्षा १२ उत्तिर्णपछि कित अध्ययनका नाममा विदेश कि त रोजगारीका नाममा विदेश नै हो । यसले हाम्रो मुलुकका दक्ष जनशक्तिको अभाव सिर्जना भैरहेको छ । अब राज्यले देशको शिक्षा नीतिमा सुधार नगर्ने र विद्यार्थीलाई विदेश पलायन हुनबाट नरोक्ने हो भने हाम्रो देश बुढाबुढीहरुको आश्रयस्थल मात्रै हुने अवस्था सिर्जना हुँदैछ । यसर्थ अबका यि विद्यार्थीहरुलाई रोजगारीसहितको गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्ने ढंगले सरकारले कदम चाल्नु पर्दछ ।
अर्कोतर्फ विद्यार्थीहरुले पनि उच्च मनाोबलकासाथ आफ्नो देशमा नै अध्ययन गरेर केही गर्न सक्छु भन्ने उच्च मनोलबकासाथ आफूलाई उभ्याउन सक्नुपर्दछ । प्राकृतिक रुपले धनी हाम्रो देश धेरै प्रकारले भरिपूर्ण छ । यसको सहि सदुपयोग गर्न युवा जनशक्ति आवश्यक पर्दछ । युवा जनशक्तिले म नेपालमा नै केही गर्छु भन्ने दृढ इच्छाशक्ति देखाएको खण्डमा धेरै कुरा सम्भव छ । तसर्थ अबका विद्यार्थीहरुमा त्यो प्रकारको भनोभावना विकास हुनु जरुरी छ । एसइईका सम्पूर्ण विद्यार्थीहरुलाई सफलताको शुभकामना ।