
दुर्गा चालिसे(दाहाल)
विद्यार्थीकाहरुका लागि आफ्नो विद्यालयको लामो शैक्षिक यात्राको समापन हुन्छ । विगतमा त एसएलसीलाई अझ धेरै महत्वकासाथ हेरिन्थ्यो । यसका धेरै कारणहरु पनि थिए । एसएलसी कुन डिभिजनमा पास गर्ने, को बोर्डफष्ट हुने,कस्तो कलेज पढ्ने,भेल भए के गर्ने लगायतका अनेक प्रकारणको मनोभावनाकासाथ विद्यार्थी र अभिभावक दुवैमा यस्ता चिन्ताहरुले सताउने गर्दथ्यो । तर पछिल्लो पटक सरकारको शिक्षा नीतिका कारण यस्ता मनोभावनाहरु केही पातलिएका छन् । विद्यार्थी र अभिभावकमा यस्ता मनोभावनाहरुमा केही कमी आएको छ ।
एसएसलीको ठाउँमा एसईईमा रुपमा परिभाषित भएसँगै यसको झण्झडमा पनि केही कमी आएको छ । यसले विद्यार्थीहरुले पनि कक्षा १० परीक्षाको रुपमा केही सहज अनुभव गर्न पाएका छन् । तर यसो भनेर परीक्षाको महत्व र सान्र्दभिकता घटेको भन्न खोजिएको भने पक्कै होइन । मात्रै विद्यार्थीका लागि केही सहज मात्रै भएको भन्न खोजिएको हो । मुख्य रुपमा कक्षा दश अर्थात एसईईको परीक्षापछि उच्च माध्यामिक तहको शिक्षा सुरु हुन्छ । यो विगतमा पनि थियो र अहिले पनि छ । विद्यार्थीका लागि करियरको आधार तयार गर्ने भनेको नै कक्षा १० अर्थात माध्यमिक तहको परीक्षा उत्तिर्ण गरेपछि नै हो । यस अर्थमा उच्च माध्यामिक तह भनेको करियरको प्रवेश विन्दु पनि हो । उच्च माध्यामिक तहमा जुन विषयमा आधार बनाइन्छ, पछि त्यसैका आधारमा विद्यार्थीले आफ्नो करियर निर्माणको बाटो तय गर्दछन् । विज्ञान, प्रविधिमा रुची भएकाले विज्ञान संकाय रोज्न सक्छन् । उनीहरु भोलिका दिनमा डाक्टर इन्जिनियरका लागि अघि बढ्न सक्छन् । कला, संस्कृति आदि क्षेत्रमा भविष्य बनाउन मन लाग्नेले मानविकीमा आधार तय गर्न सक्छन् । व्यवस्थापनमा भविष्य बनाउनेले व्यवस्थापन संकाय लिएर पढ्न सक्छन् यतिबेला जुन विषय छनौट गरिन्छ, त्यसले सूदुर भविष्यलाई समेत मार्गनिर्देश गरिरहेको हुन्छ त्यसैले उच्च माध्यामिक तहमा पुगेपछि विषय छनौटमा निकै सोचविचार गर्नुपर्छ ।
यस पटक एसईई दिएका विद्यार्थीहरुमा पनि परीक्षा सकिनै लाग्दा पक्कै पनि यस प्रकारको मनोभावना आइसकेको हुन्छ । त्यो विद्यार्थीमा मात्रै होइन आफ्ना परिवारमा पनि आफ्ना छोराछोरीलाई कुन विषय पढाउने, के गर्ने , कस्तो कलेजमा पढाउने भन्ने सोच आएको पक्कै होला, आफ्ना छोराछोरीको इच्छा उसका साथीहरुको लहैलहैमा एउटा हुनुसक्छ , त्यसमा अभिभावको इच्छा अर्को बनिरहेको हुन्छ । यस्ता धेरै चिजका कारण छोराछोरी र बाबुआमाबीचको तालमेल पनि मिल्न सकिरहेको हुदैन । कतिपय आफ्ना बाबुआमाको दवामा आफ्नो मन नलागेको विषयमा अध्ययन गर्न बाध्य हुनुहोला भने कतिपय छोराछोरीको इच्छालाई नकार्न नसकेर पनि उसलाई छोडि दिनुपर्ने अवस्थामा हुनुहोला । यसरी लहै लहैमा लाग्दा भने भविष्य अन्धकारको बटोमा पनि जानसक्नेतर्फ ध्यान दिनुपर्ने हुन्छ । मुख्य रुपमा आफ्नो अन्र्तरआत्माकाको रुची के हो, त्यो निर्धारण गर्नू पर्दछ । आफ्नो रुचीलाई प्राथमिकतामा राख्नुपर्दछ ।
आफ्नो शैक्षिक क्षमता र रुचीबीच तालमेल मिल्यो भने निश्चयनै भोलिका दिन सफल हुन सकिन्छ । यो छनोटको बेला आउन केही समय बाँकी नै छ । तर एसईई दिएपछि के गर्ने भन्ने भन्ने थप कौतुहलता पनि हुन सक्छ । एसईई दिएपछि केही समय त विद्यार्थीले आफूलाई खुला राख्नुपर्दछ । अर्थात रोमान्टिक बनाउनु पर्दछ । यो समय फर्सदको समय हो । यस्तै समय भोलिका दिनमा पाइदैन । जीवनकै एक आनन्दित समय हो यो । यसलाई सहि रुपमा सदुपयोग गर्न सकिन्छ । यसले पनि भोलिका दिनमा आफूलाई गन्तव्यका लागि तयार बनाउँछ र परिपक्क पनि बनाउँछ । मुख्य रुपमा विद्यार्थीहरुले केही समय आफूलाई रोमान्टिक बनाउँदै आराम गरेपछि भने घुम्ने, रमाउने, आफ्ना साथीरुसँग घुम्न जाने, आफ्ना आफन्तहरुकोमा जाने जस्ता क्रियाकलाप गर्न सकिन्छ । सम्भव भए साथीभार्य तथा परिवारसँग घुम्न जानु अझ वेस हुनेछ । जसबाट आफन्तहरु तथा साथीसँगकोआत्मियता बढ्दै जान्छ भने आफ्नो क्यारियरको लागि थप सुझावहरु पनि संकलन गर्न सकिन्छ । त्यसबाट बचेको सयलाई पनि सहि रुपमा सदुपयोग गन सकिन्छ ।
आफुने नजानेका सिप सिक्न सकिन्छ । जस्तो क्म्युटर, खेलकुदमा रुची भएकाहरुले खेलकुदमा सहभागिता हुने, अन्य टेक्निकल विषयहरुमा ध्यान दिने, आफुलाई आवश्यक पर्ने सवारी साधन सिक्ने जस्ता कार्यगरेर आफूलाई सक्रिय बनाउन सकिन्छ । यसले भोलिका दिनमा शिक्षासँगै अन्य विषयमा पनि आफूलाई थप ज्ञानयुक्त बनाउन सकिन्छ र आफ्नो जीवनलाई सार्थक बनाउन सकिन्छ । एसईई परीक्षा दिने उमेर भनेर अत्यन्त उत्साहि उमेर हो, यसलाई टिनेजरका रुपमा लिइन्छ । यो उमेरमा गर्ने निर्णय क्षमता सामान्य हुन्छ । भोलिका दिनका लागि भन्दा तत्कालको फाइदाका लागि धेरै गर्ने हुन्छ । यि सबै कुरा विचार गरेर अभिभावकले आफ्ना छोरीछोरीलाई सहि रुपमा गाईड गर्ने बेला हो यो । शिक्षा सँगै अन्य विषयमा सहि रुपमा सुझाव र सल्लाह प्रदान गर्न सकियो भने उच्च शिक्षाको खुड्किलो चड्न तयार भएका छोराछोरीरुले निश्चयनै आफ्नो गन्तव्य पछ्याउन सफल हुनेछन् । एसईई दिँदै गरेका सबैलाई उच्च सफलताको शुभकामना ।