
काठमाडौँ । देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र ,इद, मनाउँदै छन् ।तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो । इदका अवसरमा आज सरकारले सार्वजनिक विदा समेत दिएको छ ।
बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले जानकारी दिनुभयो । मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् । रमजानलाई पवित्र महिना मानिन्छ । “जकात दान यही महिनामा दिइने परम्परा रहेको बताइन्छ ।
इद–उल फित्रमा ‘सेवइ’ खाएर र सामूहिकरुपमा नमाज पढेर यो पर्व मनाइन्छ । राष्ट्रिय जनगणना–२०७८ अनुसार देशमा मुस्लिम सुमदाय कूल जनसङ्ख्याको ५ दशमलव ९ प्रतिशत छ । यो तथ्याङ्क अपूर्ण भएको आरोप लगाउँदै उहाँले मुस्लिम समुदायको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृति, शैक्षिकलगायत अवस्थाको अध्ययन अनुसन्धान गरेर वास्तविक विवरण सरकारसमक्ष पेस गर्ने आयोगको योजना रहेको बताउनुभयो ।
काठमाडौँमा मुस्लिम धर्मावलम्बीका लागि मस्जिद भए पनि अलि ठूलो समूहमा मिलेभन्दै “संस्कृति बचाउन स्थान चाहिन्छ”, उहाँ भन्नुहुन्छ, “देशका मुसलमान बहुल स्थानमा ‘कल्चर सेन्टर’ स्थापनाका निम्ति उक्त समुदायले सरकारसँग माग गर्दै आएको छ ।
इदका अवसरमा राष्ट्पति रामचन्द्र पौडेल, उपराष्ट्पति रामसाय यादव,प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्यिसभा अध्यक्ष नाराण दाहालले शुभकामना दिनुभएको छ । यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर लेउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव करमा नेपालले पनि शुभकामना सन्देश दिनुभएको छ ।