
फाइल फोटो
काठमाडौं । मधेसका नाममा राजनीति गर्ने भन्दै पुराना पार्टीबाट अलग भएर नयाँ पार्टी खोलेकाहरु समयक्रमसँगै आफै विभाजित हुदै आएका छन् । कुनै बेला एकछत्र रुपमा मधेश राजनीतिमा राज गरेका उपेन्द्र यादवको पार्टी पछिल्लो समय खुम्चिदो आवस्थामा गुज्रिरहेको छ ।

हालै उनको पार्टी जनता समाजवादी पार्टीविभाजनको संघारमा पुगेको छ। सात सांसदसहित जसपाबाट अलग हुने निर्णयसहित केही सांसदहरुले हस्ताक्षर गरेका छन् ।
पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिकामा रहेका बेला पार्टी विभाजनको निर्णय भएको छ, । प्राप्त जानकारी अनुसार जसपाका सांसद प्रदीप यादव, अशोक राई, सुशीला श्रेष्ठ, वीरेन्द्र महतो, नवलकिशोर साह सुडी, नवनियुक्त समानुपातिक सांसद हसिना खानलगायत सातजनाले अलग हुने निर्णय गरेका छन् ।
यादवको पार्टी सरकारमा रहेका बेला फेरि पार्टी विभाजनको अवस्थामा पुगेको छ ।गत वर्ष डा. बाबुराम भट्राईले उक्त पार्टी छाडेर नेपाल समाजवादी पार्टी गठन गरेका थिए । उनले महेन्द्र यादवसहितका नेताहरुलाई साथ लिएका थिए । तर यादवहरुले पनि डा. भट्राईलाई साथ छाडिसकेका छन् ।