
फाइल फोटो
२४ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी नेपाल जसपाले पार्टी विभाजनका लागि दिइएको निवेदनलाई अवैधानिक भएको ठहर गरेको छ ।

आज, सोमबार जसपा प्रवक्ता मनीषकुमार सुमनले विज्ञप्ति जारी गर्दै अवैधानिक निवेदनका आधारमा दल विभाजन नहुने जिकिर गर्नुभएको छ । आइतबार अशोक राईको समूह जसपा विभाजन र नयाँ दल दर्ताको निवेदन लिएर निर्वाचन आयोग पुगेको थियो ।
‘संसद् अधिवेशन आह्वान भइसकेको र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको साथै बहुमत केन्द्रीय सदस्य यस दलप्रति नै प्रतिबद्ध रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्थामा केही विभाजित मनस्थितिका व्यक्ति निर्वाचन आयोगमा गई अवैधानिक निवेदन दिएका आधारमा दल विभाजन हुने अवस्था नरहेको अनुरोध छ ।’ सत्तामा रहने कि नरहने भन्ने विषयमा विवाद सिर्जना हुँदा जसपा विभाजनसम्म पुगेको छ ।
अध्यक्ष यादव स्वदेश फर्केसँगै पार्टी पार्टी विभाजन गएर गएकाहरुलाई कारबाहीको तयारी गरिएको पनि स्रोतले बताएको छ ।