
शुकदेव दाहाल
मुलुकभरका पत्रकाहरुको नेतृत्व गर्दै आएको नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुँदैछ । आगामी जेठ २६ हुने नयाँ निर्वाचनबाट पक्कै पनि नयाँ नेतृत्व चयन हुनेमा विश्वस्त रहन सकिन्छ । अन्य कुनै बाधा सिर्जना नभएको खण्डमा महासंघको निर्वाचन हुने निश्चित रहेको महासंघका नेताहरुको ठम्याई रहेको छ । तर महासंघमा अझै सदस्यता विवादको भने टुंगो लागेको छैन ।

मुख्य रुपमा महासंघलाई सुद्धिकरण गर्ने प्रयास भएको छ । यो सकारात्मक पक्ष हो । तर सुद्धिकरणका नाममा आफ्ना मान्छेलाई प्राथमिकता दिने परिस्थिति निर्माण भएपछि सदस्यता विवाद अझै टुंगोमा पुग्न सकेको छैन । निर्वाचनको मिति घोषणा भैसक्दासम्म पनि सदस्यता विवाद कायम रहनु पनि महासंघका लागि चुनौतीको विषय हो । अर्कोतर्फ प्रेस स्वतन्त्रताको कुरा गरिरहँदा पत्रकारहरुलाई राज्यबाट वा अन्य निकायबाट बेलाबेलामा चेपुवामा पार्ने प्रयास पनि भैरहेका छन् । यसतर्फ पनि महासंघले चनाखो हुनुपर्ने अवस्था छ ।
संविधानको पूर्ण कार्यान्वयन, पूर्ण प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, पत्रकारिताको संस्थागत विकास र समृद्धिका लागि केन्द्रमा राखेर घोषणा गरिएको काठमाडौं घोषणापत्रले कतिको सार्थकता पाउँछ त्यो भने हेर्न बाँकी नै छ । तर मुल कुरा प्रकाशित समाचार सामग्रीको सन्दर्भमा सम्मानित सर्वोच्च अदालतद्वारा पछिल्लो पटक भएको आदेशप्रति यस महाधिवेशनको गम्भीर ध्यानाकर्षण भएको छ । अदालतले प्रकाशित समाचार सामग्री हटाउन लगाउने, पुनः प्रकाशन÷प्रसारणमा समेत बन्देज गर्ने तथा समाचारको विषयलाई फौजदारी अपराधका रुपमा मुद्दा चलाउने निर्णय गर्नु संविधानविपरीत रहेको ठहर गर्दै महासंघले संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्न राज्यका तीनवटै अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासँग जोडदार माग गरेको छ । यि बाहेक महासंघकाबीच धेरै चुनौतहिरु छन् ।
पछिल्लो समय पत्रकारिताप्रति आम युवाहरु आकर्षित हुन सकिरहेको अवस्था छैन, दोस्रो कुरा व्यवसायिक रुपमा पत्रकारिता गर्छु भन्नेहरु पनि पछाडि फर्कनु पर्ने अवस्था सिर्जना भएको छ, तेस्रो कुरा श्रमजिवी पत्रकारहरुको जागिरकको सुनिश्चितता छैन र जागिर खाएकाहरुको पनि तलबको सुनिश्चितता छैन । साना लगानीमा सञ्चालनमा रहेका मिडियाहरु विज्ञापनको अभावका कारण धमाधम बन्द हुदै गएका छन् र भएकाहरु पनि अत्यन्तै जिर्ण अवस्थामा चलिररहेका छन् । चौथो कुरा युटुवका नाममा हुने गरेको पत्रकारिताले मुल धारमा मिडियाहरुलाई कमजोर बनाइरहेका छन् र वास्तविक पत्रकार भनेको युटुबरहरु भएका छन् । पाँचौं कुरा विश्व जगत आधुनिकिरणका नाममा निकै अगाडि बढिसकेको छ । अब नागरिकले प्रिन्ट मिडियादेखि अन्य सञ्चार माध्यमहरु भन्दा सामाजिक सञ्जाल, अनलाइन पत्रिकाहरुलाई विश्वास मान्न थालिसकेको अवस्था छ । छैटौं कुरा हामी पत्रकार आफै नागरिकप्रति विश्वसनिय हुन सकिरहेका छैनौ । हामी ,ताक परे तिवारी नत्र गोतामे, जस्तो त भैरहेका छैनौं ? यि यावत चुनौतीलाई कसरी व्यवस्थापन गर्ने र नेपाली सञ्चार माध्यमलाई कसरी टिकाउने भन्ने विषयमा महासंघले खासै ठोस रुपमा आफूलाई उभ्याउन सकेको छैन । महासंघलाई एउटा गैरनाफामुक संस्थाको रुपमा हेर्न थालिएको अवस्था छ ।
पत्रकारिता भन्दा पर पुगिसकेकाहरु पनि नेता बन्नका लागि मात्रै पनि महासंघसँग जोडिएका देखिन्छ । सदस्यतामा सुद्धिकरण गर्नेहरुले आफू नेता बन्नका लागि चाहि त्यो व्यवस्था आवश्यक नपर्ने कुराको पनि अन्त्य आवश्यक छ । सदस्यता सुद्धिकरण गरेर मात्रै संस्थालाई बलियो बनाउन सकिदैन । सुद्धिकरण राम्रो हो । तर यो सँगै पत्रकारहरुका यादव समस्यासँग जुध्नसक्ने गरि महासंघलाई हिडाउन जरुरी भैसकेको छ । अब पनि उहि परम्परावादी कुरामा मात्रै महासंघ अल्झने हो भने अर्को पुस्ताले पत्रकारिता गर्ने छाँटकाँट देखिएको छैन । यसर्थ यो महाधिवेशनमार्पmत पत्रकार र पत्रकारिता पेशालाई मर्यादित , व्यवस्थित र व्यवसायिक बनाउन सकौं निर्वाचनबाट आउउने नेतृत्वका लागि हार्दिक हुभकामना ।