
फाइल फोटो
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यक्तिगत स्वार्थ र महत्वाकांक्षाबाट प्रेरित भएर पार्टी फुटाइएको आरोप लगाउनु भएको छ । आफ्नो विदेश भ्रमण सकेर स्वदेश आएपछि पहिलो पटक राजधानीमा आज बुधबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले कपोलकल्पित हल्ला चलाएर पार्टी फुटाइएकोे दावी समेत गर्नुभयो ।

उहाले आफू देशबाहिर रहेका वेला नयाँ गठबन्धन बनाउन लागेको हल्ला चलाएर पार्टी फुटाइएको भन्दै त्यसमा कुनै सत्यता नभएको समेत दावी गर्नुभयो । उहाले भन्नुभयो म जनसंख्या विकास सम्मेलनमा भाग लिन संयुक्त राष्ट्रसंघमा गएको वेला मौका छोपेर जसपा नेपाल र एकीकृत समाजवादी कांग्रेससँग मिलेर सरकार ढाल्ने भयो भनेर हल्ला चलाइयो। अत्यन्त्यै निराधार र कपोलकल्पित हल्ला चलाइयो। जसको कुनै आधार थिएन। त्यही निराधार हल्लामा कसैकसैले मौका छोपेर पार्टी फुटाए,’
उहाले फरक मत महाधिवेशनलगायत पार्टीभित्रै राख्न सकिने उल्लेख गर्दै ‘संस्थागत रूपले कुनै पनि नउठनुले षड्यन्त्र स्वरुप पार्टी फुटाइएको प्रष्ट हुने उल्लेख गर्नुभयो । उहाले भन्नुभयो, यस्तो अवस्थामा अत्यधिक महत्वाकांक्षी, व्यक्तिगत स्वार्थबाट प्रेरित केही व्यक्तिले हल्ला चलिरहेकै मौकामा त्यसको फाइदा उठाउने गरी पार्टी फुटाएको घोषणा गरे।’
दलसम्बन्धी ऐन संसदमा विचाराधीन रहेकै अवस्थामा गैरकानुनी तरिकाले जसपा नेपाल फुटाएर नयाँ पार्टी दर्ता गरेको दाबी गर्दै यादवले निर्वाचन आयोगले समेत निकै छिटो दर्ता प्रमाणपत्र दिएकोमा आशंका व्यक्त गर्नुभयो ।
स्मरणीय छ, अशोक राई नेतृत्वमा सात जना सांसद र २९ जना केन्द्रीय समितिको समर्थनमा निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिइएको थियो । आयोगले उत्तः निवेदनका आधारमा सोमबार नै नयाँ दल दर्ताको प्रस्ताव स्वीकार गरेको थियो । नयाँ दललले सरकारलाई समर्थन दिने जनाइएको छ । यादवले भने यसबारेमा केही बोलेका छैनन् ।