
काठमाडौँ ।संसद अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका शीर्ष नेतासँग आज बिहान छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठक पछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सदनको गतिरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफल सकारात्मक भएको जानकारी दिनुभयो ।
सहकारी ठगी प्रकरणमा मुछिएका भनिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने उपर छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको मागप्रति प्रधानमन्त्री प्रचण्ड सकारात्मक भएको प्रमुख सचेतक लेखकले जानकारी दिनुभएको हो ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रिय सभा संसदीय दलका नेता कृष्ण प्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक सहभागी हुनुहुन्थ्यो ।