
जनता समाजवादी पार्टी नेपाल नेतृत्वकाे मधेश प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ। माओवादी केन्द्रबाट मन्त्री बनेकाहरूले मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामापत्र बुझाएका हुन्।
मधेशमा माओवादीबाट भरतप्रसाद शाह विनाविभागीय र युवराज भट्टराई उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री थिए। माओवादी केन्द्रले आजै प्रदेश प्रमुखलाई सरकारको समर्थन फिर्तासहितको पत्रसमेत बुझाउँदै छ।
मधेस प्रदेशमा उपेन्द्र यादवको नेतृत्वको सरकारबाट दलहरु बाहिरिएसँगै नयाँ सरकारका लागि बाटो खुला हुनेछ । उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी विभाजन भएसँगै राजेन्द्र श्रेष्ठ पक्षले सरकारलाई समेर्थन गरेको छ । तर यादवले भने निर्णय गर्न सकेका छैनन् । उनी पनि सरकारमा नै सहभागि रहँदै आएका छन् ।यस्तै नेकपा एमालेले पनि सरकारबाट बाहिरिने तयारी गरिसकेको छ ।