
शुकदेव दाहाल
शुकदेव दाहाल
पार्टीहरु स्थापना हुनु, देश र जनताका लागि काम गर्नु एक स्वभाविक प्रक्रिया हुन । उनीहरुका कतव्र्य पनि हो । तर नेपालको राजनीतिक पार्टीहरुले देश र जनताका लागि काम गर्नुभन्दा पहिलो प्राथमिकता आफू र आफ्नो पार्टी बलियो बनाउतर्फ मात्रै ध्यान दिने गरेका छन् ।

कुनै बेला मधेस आन्दोलनको नेतृत्व गरेका तत्कालिन मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव मधेश राजनीतिका एक होनहार नेताका रुपमा गनिएका थिए । यादवकै नेतृत्वमा भएको मधेस आन्दोलनले ३६ जनाको ज्यान त गया तर त्यो आन्दोलनले मधेसीहरुलाई धेरै अधिकार प्राप्त गराएको पनि थियो । क्षेत्रीय रुपमा उदाएका यादवले जब राष्ट्यि राजनीतिमा आफ्नो भूूमिका बढाए अनि उनी आफै सत्ताप्रति लोभिए र उनका नजिककाहरु पनि सत्ता नै सबथोक हो भन्नेमा हौसिए । जसको परिणाम आज उपेन्द्र यादव भोगिरहेका छन् ।
संसदमा आफ्नो महत्वपूर्ण स्थानकासाथ नेपाली राजनीतिमा स्थापित भएका यादवले पार्टीलाई बलियो र अझ ठुलो बनाउने भन्दै अन्य राजनीतिक पार्टीबाट पछि परेका, विवादित बनेका, क्षेत्रीय स्तरमा केही प्रभुत्व जमाएका नेताहरुलाई आफ्नो पार्टीमा प्रवेश गराए र फोरमलाई एक पार्टीको रुपमा शक्तिशाली बनाए । तर त्यहि दिनबाट उपेन्द्रको पछाडिको यात्रा सुरु भयो । अझै पनि यादव सत्ता र मधेस राजनीतिमा चर्चित त छन् नै तर उनलाई मधेसी जनताले हिजोका दिनमा भन्दा आज धेरै विश्वास गर्न छाडेका छन् । उनले जन्माएकाहरु आज मधेससीका नाममा राजनीतिक गरिरहेका छन् , उनीहरसँग हातेमालो गर्नेहरु आज उनका विरुद्ध अर्को पार्टी खोलेर संगठनमा छन् । उनका कारण नै मधेसमा एकछत्र राज गरेको नेपाली कांग्रेस पछिल्ला वर्षहरुमा निकै ओझेलमा परेको छ ।
एमालेसहित अन्य दलहरुको पनि मधेमा त्यति ठुलो जनमत छैन । मधेसमा क्षेत्रिय स्तरका पार्टीहरुले आफ्नो जनमत विभिन्न दलको बहानामा कब्जा गरेका छन् । तर उनीहरुले मधेसका लागि केही गर्न सकेको छैन । मधेसमा हिजोका दिन जस्तो प्रकारको अवस्था थियो आज पनि झण्डै उस्तै छ । साक्षरता दरमा खासै प्रगती हुन सकेको छैन् । विकासले पनि गलि लएको देखिदैन । यादवसहितका दर्जनौं दलहरु मधेसका लागि भनेर खोलिएका छन् । तर पछिल्लो दिनमा उनीहरको ध्यान केन्द्रीय सत्तामा मात्रै देखिन्छ । उनीहरुको यहि रवैयाका कारण कुनै समय मधेसलार्य छुट्टै राज्यको माग गर्ने सिके रावतको पार्टीले सानदार रुपमा आफूलाई उभ्याउन सफल भएको छ र उ पाँच वर्षका लागि राष्ट्यि पार्टीको रुपमा संसदमा स्थापित भएको छ । उसले सत्ताका लागि त्यति चासो दिएको पनि छैन र लोकप्रिय बन्दै गैरहेको छ । तर यादवहरु सत्ताविना सब्न नसक्ने भएका छन् । जसको उदाहरण हालैको एक घटनाले पुष्टि गर्दछ । हालैमात्रै उपेन्द्र यादव अध्यक्ष रहेको पार्टी जनता समाजवादी पार्टी विभाजित भएको छ । यसको मुख्य कारण भनेको पनि सत्ता राजनीति नै हो ।
सरकारमा जाने कि नजाने भन्ने विषयमा बाक्लै बहसपछि प्रधानमन्त्री पुष्पकमल दाहालले नेतृत्व गर्नुभएको नयाँ गठबन्धनमा सहभागि भएको उक्त पार्टी केही सयमपछि नै विभाजित भएको छ । पार्टी अध्यक्ष तथा उपप्रधान एवं रक्षामन्त्री उपेन्द्र यादव अमेरिका भ्रमणमा भएका बेला त्यस पार्टीका अन्य नेताहरुले अध्यक्षलाई नै कमजोर पार्दै नयाँ पार्टी गठन गरेका छन् । पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा ७ जना सांसद र २९ जना केन्द्रीय सदस्यसहित नयाँ पार्टीका लागि निर्वाचन आयोगबाट मानयता प्राप्त गरिसकेको छ ।
राजेन्द्र श्रेष्ठको अध्यक्षतामा गठन भएको उक्त पार्टी सरकारमा सहभागि हुने टुंगो लागिसेको छ । सो पार्टीबाट मन्त्री मन्नेहरुले सपथको तयारी गरिसकेका छन् । उता यहि विषयलाई लिएर पार्टी अध्यक्ष उपेन्द्र यादवले भने मन्त्रीबाट राजीनामा दिएका छन् । संसदमा १२ सांसद रहेको जसपा विभाजनपछि यादवसँगपाँच जना र रोजेन्द्र श्रेष्ठले नेतृत्व गरेको पाटीमा सात जना सांसद बाढिएका छन् । यसले गर्दा यादवलाई पछिल्लो समय निकै कमजोर पारिदिएको छ । यि सबै घटनाक्रमबाट मधेस केन्द्रीत दलहरु सत्ताका लागि जे पनि गर्न तयार छन् भन्ने पुन ः पुष्टि भएको छ ।
मधेसी दलहरुको निरन्तर यस्तै क्रियाकलापका कारण न त मधेसले भने जस्तो विकास पाएको छ न त राष्ट्यि राजनीति नै स्थीरताको बाटोमा जान सकेको छ । यहि अस्थिरताका कारण जनतामा संघीयताप्रतिको विश्वास र आस्थाबाट विश्राम लिने अवस्थामा नागरिक पुगेका छन् । यसको मुख्य कारण यादव जस्ता नेताहरु नै हुन । उनीहरुको यस्तै चरित्रका कारण मधेसको मात्रै होइन केन्द्रीय राजनीति पनि उस्तै अवस्थामा पुगेको छ ।यद्यपि यसमा यादवमात्रै दोषी छ छैनन् तर उनले जुन प्रकारले मधेसको नेतृत्व लिएका थिए त्यसलाई सहि समयमा सहि रुपमा नेतृत्वदायी भूमिका प्रदान गर्न नसक्दा उनको पार्टी र उनी अब राजनीतिबाट विस्तारै हराउँदै जाने स्थिति आउनुलाई स्वभाविक मान्न थालिएको छ ।