
३ जेठ, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभामा भएको घटनाको मूल जिम्मेवारी सभामुख देवराज घिमिरेको भएको बताएको छ । आझ साँझ विरेन्द्र अन्तराष्ट्यि सम्मेलन केनद्रमा पत्रकार सम्मेलनको आयोजना गर्दै कांग्रेस महामन्त्री गगन थापाले सभामुखबमे भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन अवरुद्ध गरेका बेला जबर्जस्ती संसदलाई कार्यसूचीमा प्रवेश गराएको भन्दै त्यसबाट उत्पन्न भएको परिस्थितिको जिम्मेवारी सभामुखको भएको बताउनुभयो ।
‘आज सदनभित्र जे अप्रिय स्थितिको सिर्जना भयो, यसको मूल जिम्मेवारी सम्माननीय सभामुखले लिनुपर्छ । किनकी सदनलाई जबर्जस्ती कार्यसूचीमा प्रवेश गराएर एकप्रकारको अप्रिय अनपेक्षित स्थिति सिर्जना गर्ने कामको मूल जिम्मेवारी सम्माननीय सभामुखले लिनुपर्छ’, उहाले भन्नुभयो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार कांग्रेसको अवरोधका बाबजुद संसद चल्छ भनेको र त्यसको भोलिपल्ट संसदमा त्यही दृश्य देखिएको भन्दै थापाले सभामुख आदेश पालकको भूमिका देखिएको नेता थापाको आरोप थियो ।
‘सम्माननीय सभामुख एउटा पार्टीको नेताको आदेशपालकको रुपमा उहाँको भूमिका यसरी रहने कुरा हाम्रा लागि दुखको विषय हो, यसरी निरन्तर रुपमा जाँदैन भन्ने अपेक्षा गर्छौं । र उहाँको भूमिका जिम्मेवारीपूर्ण रुपमा निर्वाह गर्न सचेत गराउँछौं’, थापाले भन्नुभयो ।