
विदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोटले भन्सार छलेर ल्याएको मल नियन्त्रणमा लिएको छ । कार्यालयले दिएको जानकारी अनुसार जेठ ३ गते बिहान ८ बजेको समयमा आईचरमा भारत यूरिया मल लुकाई छिपाई गल्छीबाट ढुंगे तर्फ ल्याउदै गरेको भन्ने सूचनाको आधारमा ढुंगेबाट बरामद गरिएको थियो ।
बा.३ ख ९१३७ नम्बरको आईचरमा भन्सार छलि गरि ल्याएको २० बोरा यूरिया मल बरामद गद आवश्यक कारवाहीको लागि सवारी साधन सहित यूरिया मल आन्तरिक राजस्व विभाग हरिहर भवन, ललितपुरमा लगि बुझाईएको प्रहरीले जनाएको छ ।