
रानीपौवा । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा.प्रकाशशरण महतले आफू नुवाकोट जिल्लामा नै निर्वाचन लड्न चाहेको बताउनु भएको छ । नेपाली कांग्रेस नुवाकोट क्षेत्र न. १ अन्र्तरगत प्रदेश ख ले शनिबार रानीपौवामा आयोजना गरेको प्रदेश सम्मेलनको उद्घाटन गर्दै प्रवक्ता महतले आफ्नो घर नुवाकोट भएकाले छाडेर अन्त नजाने बताउनुभयो ।

उहाले आफू कहिले रामशरण महतको भाई भन्ने ट्याग लगाएर त कहिले गठबन्धनको नाममा निर्वाचन लड्न नपाएको स्मरण गर्दै डा. महतले निर्वाचन लड्ने अवस्थामा मेरो घर नुवाकोट हो म नुवाकोटबाट नै निर्वाचन् लड्ने हो, उहाले भन्नुभयो । पूर्व अर्थमन्त्री महतले आफू निर्वाचन लडेपनि नलडेपनि नुवाकोटको विकासमा लागिरहेको दावी गर्नुभयो । उहाले भन्नुभयो ः म पदमा रहँदा होस् नरहँदा होस् म राजनीतिमा रहँदासम्म तपाईहरसँग रहने छु । अरु निर्वाचन लड्न आउँदा काम गर्छु भन्छन् ,म काम गरेर निर्वाचन लड्न खोजिरहेको छु । यद्यपि डा. महतले आफू हुन क्षेत्रबाट निर्वाचन लड्न इच्छुक रहेको बारे खुलाउनु त भएन तर उहाको भनाईले आफ्नो जन्मथलोबाट रहेको क्षेत्र नं १ बाट लड्न चहेको स्पष्ट बुझिन्थ्यो ।

उहाले आफू अर्थमन्त्री हँुदा नुवाकोटको विकासका लागि धेरै काम गरेको भन्दै त्यसको प्रचार गर्न समेत कांग्रेसबाट नै कन्जुस्याई भएको भन्दै असन्तष्टि व्यक्त गर्नुभयो । उहाले भन्नुभयो ः मैले नुवाकोटको विकास लागि धेरै काम गरेको छु त्यो मेरो लागि होइन जनताका लागि हो, कांग्रेस भएर काम गरेको हु, कमसेकम कांग्रेसले यति गरेको छ भनेर त प्रचार गरौं मेरो नाम लिन पर्दैन । उहाले बालाजु ककनीको बाटो यति लामो समयसम्म लथालिंग अवस्थामा रहेको र आफूले मन्त्री भएका बेला १ अर्ब ३३ करोडको बजेट सुनिश्चित गरेकाले तत्काल ठेक्का प्रक्रियामार्फत काम सुरु भएकोमा खुशी व्यक्त समेत गर्नुभयो ।
कांग्रेस प्रदेश सम्मेलन सम्पन्न

प्रवक्ता महतले अहिले ८१ करोडको मात्रै ठेक्का भएको छ त्यसले पनि रानीपौवा भन्दा केही तल पुग्छ, १ अर्ब ३३ करोड सुनिश्चित भएको थियो, त्यो बाँकी रकमबाट अर्को ठेक्का गर्न पाए तिगाउँसम्म पुग्ने अवस्था थियो , मेरो विचार त्यहि थियो तर सरकार गयो । उहाले अहिलेको नेतृत्वमा रहेका माओवादी एमालेका नेताहरु त्यसमा गम्भीर नभएकाले त्यो रकम रकमान्तर गरिएको दावी गर्नुभयो ।
उहाले अर्को महत्वपूर्ण सडकका रुपमा रहेको गगटे – गोल्फुभन्ज्याड. सडक विषयमा समेत असन्तुष्टि व्यक्त गर्नुभयो, नेता महतले भन्नुभयो ः गगटे – गोल्फुभन्ज्याडका लागि पनि १ अर्ब ३३ करोड स्रोत सुनिश्चित भएको तर त्यसलाई विभिन्न बहानामा मैले गरेको भनेर रोक्न खोजिएको छ अझै ठेक्का भएको छैन, मैले यस विषयमा अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग कुरा गरेको छु, राम्रो कुरा गर्नुभएका छ,सबैले त्यसको खबरदारी गरौं, ठेक्का लागेन भने राम्रो हुँदैन ,यो जनताको सडक हो । कार्यक्रममा डा. महतले नेपाली कांग्रेस पार्टी एक भएर अघि बढ्नु पर्नेमा पनि जोड दिनुभयो ।
उहाले नेता कार्यकर्तालाई राजधानी र सदरमुकाम गरेर दौडेर मात्रै संगठन बलियो नहुने भन्दै आआफ्नो वडा तहबाट संगठन बिलियो बनाउनेगरि लाग्न पनि निर्देशन दिनुभयो । नेता महतले भन्नुभयो, केन्द्रले अर्थात हामीले त उर्जा दिने हो,नेतृत्व गर्ने हो, संगठन बलियो बनाउने त तपाई वडामा बस्ने साथीहरुले हो त्यसले वडा वडामा बसेर काम गर्नुस्, राजधानी र सदमुकाम गरेर जम्मा भएर मात्रै संगठन बलियो हुँदैन् यो सबैले बुझौं । प्रवक्ता महतले १४ वर्ष अघि आफू उर्जा मन्त्री भएको बेला अन्धकार रहेको नुवाकोटलाई उज्यालो बनाएको स्मरण गर्दै भन्नुभयो ः चाउँथे कुमरी देखि यो पाखो र छहरे पारीको पाखो सबै अन्धकारथियो, राती कालो धब्बा मात्रै देखिनथ्यो,मैले जिल्लाभर एकै पटक विद्युती करण गरेको हुँ अहिले सारा जिल्ला उज्यालो भएको छ ।
उहाले पछिल्लो समय सामाजिक सञ्जालमार्फत गलत कामलार्य पनि पटकपटक प्रचार गर्ने र पोष्ट गरिहने गर्दा आम रुपमा त्यहि सहि भएको जस्तो हुन थालेको भन्दै कांग्रेस नेता कार्यकर्ताले पनि सहि रुपमा त्यसको प्रयोग गर्दै कांग्रेसले गरेका काम, गर्ने काम र विपक्षी गरेका गलत कामको प्रचार गर्न सुझाव दिनुभयो । उहाले मुलुकको राजनीतिक अवस्थाका बारेमा पनि आफ्नो धारणा राख्दै एमाले र माओवादीहरुले सत्तामा रहँदा एउटा र प्रतिपक्षमा रहँदा अर्को कुरा गर्ने गरेकाले राजनीतिमा समस्या आएको बताउनुभयो । उहाले सहकारी प्रकरणमा छानविन समिति बन्ने र त्यसले सहकारीको विवाद समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रदेश सभापति रामजी पौडेललको सभापत्विमा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जितले नेपाली कांग्रेसलाई बलियो बनाउन सबै एकतावद्ध हुनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा संघीय सांसद सिता मिजार,प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस नुवाकोटका सभापति रमेश महत, उपसभापति तथा तादी गाउापालिका अध्यक्ष सन्तमान तामाड.,नेपाली कांग्रेस नुवाकोटका पूर्व सभापति धुर्व अधिकारी, क्षेत्रीय सभापति तथा लिखु गाउँपालिका अध्यक्ष धुव्र श्रेष्ठ,महिला संघकी केन्द्रीय सदस्य कल्पना नेपाली, कांग्रेस महासमिति सदस्य डा. केदारनरसिंह केसी,कांग्रेस नेता अर्जुन न्यौपाने, प्रदेश सभापति बैकुण्ठ पाण्डे,किसान संघका अध्यक्ष अजय पाठक,लगायतका नेताहरुले कांग्रेसभित्र एकताको खाँचो रहेकोमा जोड दिनुभएको थियो । कांग्रेसको केनदीय समितिको निर्देशन अनुसार जिल्ला जिल्लामा जिल्ला, क्षेत्र, प्रदेश, नगर तथा गाउँ सम्मेलनहरु आयोजना भैरहेका छन् ।