
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले व्यवस्थापिका संसद आज बोल्ने मौका पाउनु भएको छ । उहाले संसदमा बोल्दै आफूलाई कांग्रेसले प्रधानमन्त्रीको लागि अफर गरेको भन्दै गृहमन्त्रीबाट राजीनामा माग्दै गर्दा प्रधानमन्त्री बन्न गरेको अफरलाई पनि स्मरण गर्न आग्रह गर्नुभएको थियो ।

सहकारीका विषयमा आफूप्रति उठेका विषयमा आइतबार प्रतिनिधिसभामा जवाफ गृहमन्त्री लामिछानेले गृहमन्त्री बन्न नमिल्ने व्यक्ति कुन नैतिकताले प्रधानमन्त्री बन्न मिल्छ भन्दै प्रश्न गर्नुभयो ।
‘म गृहमन्त्री बन्न नमिल्ने भए प्रधानमन्त्री बन्न कुन नैतिक रूपले मिल्ने रहेछ ? म यो सदनमा सोध्न चाहन्छु। अफर गर्नेहरूले कान रातो पार्न पर्दैन। म राजनीतिमा गोपनीयतालाई ख्याल राख्ने मान्छे हुँ,’ उहाले भन्नुभयो ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई डेढ वर्षका लागि प्रधानमन्त्रीको अफर गरेको भन्दै लामिछानेले भने, ‘हिजो मलाई डेढ वर्ष प्रधानमन्त्री स्वीकार गर्ने अफरको डेट एक्सपाएर भयो कि अझै बाँकी छ ? ’ लामिछानेले यसो भन्दा कांग्रेस नेताहरुले भने मौन रुपमा समर्थन जनाएको जस्तो देखिन्थ्यो । लामिछाने कांग्रेस गठबन्धन छाडेर एमाले माओवादीको गठबन्धलाई समथृन गरेर गृह मन्त्री बन्न पुग्नु भएको छ ।
तर गृहमन्त्री बनेसँगै सहकारी काण्डमा लामिछानेको नाम जोडिएपछि कांग्रेसले लामिछानेमाथि पनि छानविन हुनुपर्ने भन्दै संसदीय समिति गठनको माग गर्दै आएको छ । कांग्रेसले आफ्नो मागका विषयमा सहमति जुटेपछि आज लामिछानेलाई रास्वपाको अध्यक्षको रुपमा संसदमा बोल्न सहमति जनाएको थियो ।