
विदुर । मानव बेचबिखन मुद्दामा दोषी ठहर भएकी एक महिला सात वर्षपछि पक्राउ परेकी छिन ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटले दिएको जानकारी अनुसार नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नं.०६ बस्ने बर्ष ३८ की लक्ष्मी नेपाली भन्ने लक्ष्मी दमाईलाई २०७५ सालमा १७ बर्षको बालिकालाई ललाई फकाई, प्रलोभन देखाई नया दिल्ली पु¥याई बेच्ने र बेश्यगमनको काममा लगाउने कार्यमा संलग्न मानव भएको भन्दै जिल्ला अदालत नुवाकोटले २०७९ साल असार १९ गतेको फैसला अनुसार ७ बर्ष कैद तोकेको थियो । तर दमाई भने फरार रहँदै आएकी थिईन ।
उनलाई खोजतलास गर्ने क्रममा काठमाडौंको नयाँ बसपार्क एरियामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरि अदालतसमक्ष बुझाइएको र अदालतको आदेशमा कारागार चलान गरिएको प्रहरीले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।