
७ जेठ, काठमाडौं । पछिल्लो राजनिितक घछटनाक्रमका विषयमा छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । ९ जेठ बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्नेगरी संयुक्त बैठक बोलाइएको हो ।
बैठकमा संसदमा देखिएको गतिरोध र आफूहरुले उठाएको मुद्दाका विषयमा छलफल गने गरि बैठक बोलाइएको नेपाली कांग्रेसले जनाएको छ । कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानविन समिति बनाउनु पर्ने माग गर्दै संसद अवरुद्ध पार्दै आएको छ ।
कांग्रेसको मागलाई वेवास्ता गर्दै सत्तापक्षले संसद सञ्चालनमा मिर्थन जनाउँदै आएका छन् प्रतिप्रतिपक्षी दलको अवरोधकाबीच नै आज प्रधानमन्त्रीले विश्वासको मत लिनुभएको छ ।