
विदुर । प्रधानमन्त्री पुष्पकमल दाहाललाई चौथो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका दलहरुको नाराबाजीकाबीच प्रधानमन्त्री दाहाललाई १७५ जना सांसदले विश्वासको मत दिनुभएको थियो । यस्तै हुन्न भन्ने पक्षमा शुन्य मत परेको थियो ।

प्रधानमन्त्रीलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्यि स्वतन्त्र पार्टी, जसपा,लगायतका सांसदहरुले विश्वासको मत दिनुभएको थियो । यस्तै कांग्रेसका सांसद, राप्रपा, जसपा लगायतका दलहरुले भने नाराबाजी गरिरहेका थिए । प्रतिपक्षी दलहरुको नाराबाजीकाबीच पनि प्रधानमन्त्रीले विश्वसको मत लिनुपरेको संसदीय व्यवस्थामा नौलो कुरा मानिन्छ ।
पछिल्लो समय जनता समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले चौथो पटक विश्वासको मत लिनु परेको हो । यसअघि कांग्रेस, लगायतका दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री तीन पटकसम्म विश्वासको विश्वासको मत लिइसक्नु भएको छ ।