
७ जेठ, काठमाडौं । राजनीतिक रुपमा दलहरुबीच अविश्वास सिर्जना भैरहेका बेला संसदीय राजनीति थप पेचिलो बन्दै गएको छ । संसदमा गृहमन्त्रीको जवाफप्रति सन्तुष्ट हुन नसकेको नेपाली कांग्रेसले अबको भूमिका कसरी निर्वाह गर्ने विषया आज छलफल गर्दै छ । कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक सोमबार बिहान बस्ने बताइएको छ ।
संसदीय दल कार्यसमितिको बैठक बिहान साढे ८ बजे संघीय संसद भवनमा र संसदीय दलको बैठक बैठक संघीय संसद भवन नयाँ बानेश्वर, ल्होत्से हलमा ९ बजे बस्दैछ ।
बैठकमा आफ्नो भूमिकाबारे छलफलका साथ प्रधानमन्त्री पुष्पकमल दाहालाई विश्वासको मत लिदै गर्दा उहाको विषयमा छलफल गर्ने बताइएको छ । कांग्रेसले आजको बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत लिन दिनेकि नदिने विषयमा पनिक ांग्रेसले निर्णय गर्ने बताइएको छ ।
गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको र त्यसबारे छानबिन हुनुपर्ने कांग्रेसले माग राख्दै संसद अवरुद्ध गर्दै आएको छ । संसदीय छानविन समिति गठन गर्ने सहमति भएपनि कांग्रेसले आफूले बोल्न नपाएको थप विरोध जनाएको छ ।