
सम्पादकीय
जनताका चासो, चिन्ता र सकरोरका विषयमा गम्भीर ढंगले छलफल हुँदै त्यसको निकास निस्कने थलोको रुपमा रहेको व्यवस्थाकिा संसद पछिल्लो समय व्यक्तिगत आरोप प्रत्यारोमा अल्झिनु अत्यन्त दुःखद विषय हो । संसद जस्तो लोकतन्त्रको एक महतवपूर्ण थलोलाई पछिल्लो समय राजनीतिक दलहरुले यस्तै रुपमा प्रयोग गरिरहेका छन् । मुख्य त यहि विषयमा संसदमा केही दिनदेखि असोभनीय दृष्यहरु देखिएका छन् । संविधानमा संसदमा सत्तापक्ष र प्रतिपक्षको व्यवस्था गरिएको छ । सत्तापक्ष सरकारको बचाउँमा हुन्छ भने प्रतिपक्षी दलहरुले सरकारको राम्रो कामको समर्थन र गलत कामको विरोध गर्दछन् । यहि परम्पराकाबीच सौभाद्रतामा संसद चल्छ । कतिपय विषय यस्ता हुन्छन् जसलाई प्रतिपक्षीले आफ्नो मागका रुपमा अडान प्रस्तुत गर्दछन् र त्यसले संसद नियमित कामकारबाही प्रभावित पनि हुन्छ । तर त्यसमा पनि समाधान खोजिन्छ । तर हाम्रो संसदका पछिल्ला गतिविधि राजनीति मुद्दा भन्दा पनि एकले अर्कोलाई कसरी आरोप लगाउने र कमजोर बनाउनेमा केन्द्रीत भएको छ । प्रतिपक्षी दलले सत्ता पक्ष र त्यसको नेतृत्वकर्ता जनताप्रति थप जवाफेदही हुनुपर्ने हुनाले उनीहरुको विषयमा कुरा उठाउनु स्वभाविक हो । तर सत्ता पक्षका नेताहरुले त्यसको प्रष्टिकरण दिनुभन्दा पनि तेरो यस्ता कुरा उठेका छन्, कारबाही अघि बढाउ भनेर चेतावनीको भाषा प्रयोग गरेर प्रतिउत्तर दिन खोज्नु भनेको चाहि गैर राजनीतिक चरित्र हो । संसदमा यस्तै भैरहेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि उठेको प्रश्नहरुको उत्तर दिनुभन्दा पनि कांग्रेस महामन्त्री माथि जुन आरोप लगाउनु भएको छ र प्रतिउत्तर दिन खोज्नु भएको छ । त्यो संसदका लागि सोमभनीय छैन । हुनत उहाको यो आवेगको भनाई हो । तर सार्वजनिक त्यो पनि उपप्रधान र गृहमन्त्री जस्तो व्यक्तित्वले आधारहिन कुरा गर्नु त झन अपरिपक्कता हो । अझ गम्भीर कुरा त के छ भने उहाले कांग्रेसको महामन्त्री, व्यवस्थापिका संसद, पूर्व मनत्री र युवाहरुको भरोसा समेत भएका नेतालाई विदेशीलाई सूचना बेचेको आरोप जसरी लगाउनु भएको छ त्यो सामान्य कुरा होइन । यसले थापाको व्यक्तित्वमा असर पर्ने त छदैछ त्यो भन्दा पनि बढि गृहमन्त्री जस्तो मान्छेले यति गम्भीर कुरा संसदमा उठाउनु सामान्य होइन । यसको निश्पक्ष छानविन हुनैपर्दछ । यदि सरकारसँग प्रमाण छ भने सार्वजनिक गर्नुपर्दछ होइन भने क्षणिक आवेगमा यस्ता आरोप लगाउनु राजनीतिक संस्कार होइन । यसले सिंगो लोतन्त्रको उपहास गरेको देखिन्छ । लोकतन्त्रका लागि एउटा दरिलो खम्बाका रुपमा उथिएका थिए गगन थापा, अहिले पनि उनका विचार, उनीमाथिको उत्साह र साहसलाई आम रुपमा युवाहरुले आफ्नो शक्तिको रुपमा लिएका छन् । जसलाई समाजवादीकी नेतृ रामकुमारी झाक्रीले लामिछानेलाई चेतावनी दिइसक्नु भएको पनि छ । अझै समग्रयुवाहरुको प्रतिक्रिया आउन बाँकी नै छ । के थापा गृहमन्त्रीले भनेजस्तो सूचना बेच्ने व्यक्ति हुन् त यसको जवाफ सरकारले तत्काल दिनुपर्दछ । गृहमन्त्रीले यसलाई तत्काल सच्याउन पनि जरुरी देखिन्छ । होइन भने त्यसमको चर्को मुल्य उहाका लागि पर्ने देखिन्छ । अर्को कुरा नयाँ रुपमा संसदमा छिरेका नेताहरुले पनि संसदको मूल्य मान्यता के त्यो पनि राम्रोसँग सिक्नु जरुरी छ । संसद सामान्य थलो होइन , यो जनताको सर्वोपरि संस्था हो चेतना भया ।