
सफलता बोगटी
सफलता बोगटी
जे दखियो त्यहि लेखियो । जे सुनियो, त्यसकै अक्षर अंक शब्द र वाक्य प्याराग्राफ पाठ पुस्तक लाइबेरी लेखियो । आजकाल आम सञ्चारहरुमा सूचनाहरुको भेलबाडी र सुनामी नै आउँदछ । कसैले यसको फाइदा उठाएका छन् कसैलाइ यसले बेफाइदा पनि गरेको छ । चिनका धनी ज्याक मा भन्द्छन ः जीवनमा जोखिम उठाउन कहिल्यै पछि नपर । जीवनका सबै कुराहरुलाइ चुनौतिको रुपमा मात्र लेऊ । विल गेट्स भन्छन ः आफ्नो कामको सबै जिम्मा जवानी आफैद्धारा गर । अरुको कामले अरुलाइ नै धनी बनाउदछ भने आफ्नो कामले आफैलाइ धनि बनाउदछ । इलन मक्स भन्दछन ः जीवनमा के काम गर्ने हो त्यसको लक्ष्य निर्धारण गर । लक्ष्यले मात्र कसैलाइ गन्तब्यमा पुर्याउँदछ । भगवान् जैनले भनेका छन ः मानिस भएपछि कसैसंग माग्नु हुदैन, जिवनमा दिन मात्र सिक्नु र सिकाउनु पर्छ, अरुबाट दान दक्षिणा वा अरु कुनै कुराहरु पनि लिनु हुदैन । कसैबाट लिइयो भने त्यसको सट्टामा त्यसको दोब्बर बस्तु वा सेवा उसलाइ फिर्ता दिनुपर्छ ।

आजको भारतमा जैन समुदायको संख्या अल्पसंख्यक छ । भारतमा १ अर्ब ४२ करोड जनसंख्या मध्ये जैनहरु ४४ लाख वा ०.४ प्रतिशत मात्र छन । तर भारतको कुल राजस्वको ४२ प्रतिशत जैनहरुले तिर्छन । भारतको कुल ग्राहस्त उत्पादनको २३ प्रशिशत हिस्सा जैनहरुले ओगटेका छन । भारतमा मात्र नभएर बेल्जियमको ४८ प्रतिशत जिडिपीको हिस्सा जैनहरुको हातमा छ । भगवान महाविर जैन बुद्धका समकालिन थिए । उनि भगवान रामको कुलमा वा इच्क्ष्वाका कुलमा जन्मिएका थिए । जैनहरुले राम र कृष्णलाइ फरक अवतारहरु नभएर एउटै अवतार मान्छन । अमेरिकालाइ आर्थिक हैसियतमा अल्प संख्यक यहुदीहरुले हल्लाइ दिएका छन भने भारतलाइ अल्प संख्यक जैनहरुले हल्लाइ दिएका छन । नेपालमा भने जनसंख्याको ठुलो हिस्सा ओगटने जातिहरु सरकारी वा गैर सरकारी सेवा सुविधाहरुलाइ आफुलाई आरक्षण संरक्षण कोटा सहुलियत आदीको सुविधा वा अधिकार भनेर राज्यसंग भिक्षा माग्दछ । आधा अकाश ओगटने महिलाहरुलाई अझ बढि अधिकार चाहिएको छ । तर हामीले आफ्नो योग्यता दक्षता क्षमता प्रतिभा ज्ञान सिप अनुभव विधि प्रविधि र पुजिको सदुपयोग गर्न सकेमा हामीलाई कसैको र केहिको दयाको भिक्षा माग्नु पर्दैन थियो । हामीहरु आफैले सुपर स्टेण्डरको जिवन विताउन सक्नेछौ भन्ने विषय प्रस्तुत गर्दैछु ।
दिगम्बर भनेको नाङ्गै बस्ने शिक्षाको अभ्यास हो । अरु जिवहरु जस्तै नाङ्गै बस्दा प्रकृतीसँग उत्तम सम्बन्ध बन्छ । नाङ्गा बाबाहरुले शरिरमा खरानी धसेका हुन्छन । खरानीले शरिरमा टोक्न आउने किराहरुबाट बचाउदछ । श्वेताम्बर भनेको शरिरमा सेतो कपडा लगाउने हो । यीनिहरुले शिव भगवानको पुजा गर्छन । किरातेश्वर महादेव भनेका किरातीहरुका देवता हुन । महादेव भनेका सबै देवताहरुका पनि राजा हुन । जसरी राजाहरुका पनि राजालाइ महाराजा भनिन्छ । ओम शान्ति वा गितामाताहरुले पनि श्वेत वस्त्रहरु लगाएका हुन्छन । उनिहरु पनि शिवलाइ नै मान्दछन । शिव भनेको संसार सबै नासवान छ भन्ने हो । सेतो लुगा लगाउदा यसले सुर्यको तापलाइ सिधै फर्काइ दिन्छ र शरिरमा गर्मि हुदैन । पिताम्बर भनेकाहरु चाहि शरिरमा पहेलो लुगा लगाउनेहरु हुन । यीनिहरुले भगवान विष्णुलाइ वा राम र कृष्णलाइ मान्दछन । बुदिष्टहरुले पनि पिताम्बर लगाउदछन । पिताम्बर वा पहेलो लुगामा बाहिरी किताणुहरु आउदैनन् । वास्ताविक पिताम्बर बनाउदा सेतो लुगामा बेसार दलेर बनाउनु पर्दछ । बेसारलाइ आज पनि एन्टिवायोटिकका रुपमा लिइन्छ । पिताम्बरहरुले लसुन र प्याज खाँदैनन् किनभने देवता र दानवहरुले मिलेर समुन्द्रबाट अमृत निकालेका थिए । तर सबै अमृत देवताहरुले मात्र लगे । तर एउटा राक्षसले भगवान विष्णुको हातबाट खोसेर अमृत खाइ दियो । अमृत खाए पछि कहिल्यै नमर्ने अजम्बर बनिन्थ्यो । भगवानले तत्कालै त्यस राक्षसलाइ काटे । तर ऊ २ वटा टुक्रामा अजम्बर भएर बाँचि हाल्यो । उनिहरुको नाम दुष्ट ग्रहहरु राहु र केतु हो । उसलाइ काट्दा २ थोपा रगत झरेको थिए । ति २ थोपाबाट एउटाबाट प्याज र अर्कोबाट लसुन वनस्पति बन्यो । त्यसैले राहु र केतुको दशामा मात्र प्याज लसुन खानुपर्छ ।
जैनहरुले दिगम्बरको अभ्यास गरेका हुन्छन । नाङ्गा साधुहरु बन्न इन्ट्रान्स दिनु पर्ने हुन्छ । दिगम्बरको इन्ट्रान्समा एउटा त्रिखण्डी सुनको थालमा एउटा खण्डमा मानिसको ताजा दिसा, अर्कोमा मानिसको मासु र अर्कोमा खिर राखिएको हुन्छ । यी ३ बस्तुहरु जसले थाल सिनिक्कै पारेर खान्छ उ नै दिगम्बर बन्न योग्य हुन्छ । यी ३ वस्तुहरु भने प्रकृतीक हुन । किनकी कुकुर सुगुरहरुले दिसा खान्छन । स्याल ककुरहरुले मानिसको मासु खान्छन र मानिसले नै खिर खान्छ । यो खाए पछि दिगम्बरको अभ्यास हुन्छ । बुद्धले भनेका थिए तिमी घमण्ड मुक्त बन्न चाहान्छौ भने आफ्नै परीवारमा गएर भिक्षा माग । आफ्नै समाजमा गएर भिक्षा माग । यस्तै दिगम्बरहरु पनि आफ्नै परीवार समाजमा गएर नाङ्गै भएर भिक्षा माग्दछन । मानिस समाजमा नाङ्गै भएर हिडे पछि उसका सबै घमण्डहरु अन्त्य हुनेछन । साथै उसले जिवनमा आउने जस्तो सुकै जोखिमलाइ पनि चुनौती दिन सक्छ । जिवनमा लाज डर र लोभबाट मुक्त रहने शक्ति दिगम्बर अभ्यासमा मात्र हुन्छ र पाइन्छ नत्र जिन्दगि भरी लोभ लाज र डरले सामान्य रुपमा नै जिन्दगि वित्दछ । धनि बन्नका लागि जोखिम उठाउनु पर्छ भन्ने प्रारम्मिक शिक्षा दिगम्बरको अभ्यास भन्दा अरु के हुन सक्छ र । जैनहरुले दिगम्बरको अभ्यास कसैले ६ महिना कसैले १ वर्ष सम्म गर्छन । एउटा जैन बालक कठोर शारिरिक र मानसिक अभ्यासको वातावरणबाट आएको हुन्छ ।
यसरी सानै उमेरमा व्याक्ति र समाज, जिवन र जगतलाइ चुनौति दिनु पर्छ भन्ने जिवन दर्शन भगवान जैनको हो । अथवा धर्म त त्यस्तो होस जसले त्यस धर्मको पदचापमा हिड्नेहरुलाइ जीवनमा सुख सम्बृद्धि सौभाग्य सुस्वास्थ्य दिन सकोस । जिवनलाइ स्वातन्त्रता र आत्मा सम्मान दिन सकोस । जिवनलाइ हामी जति धारिलो बनाउदछौ यसले जिवनका समस्याहरुलाइ त्यति नै सजिलै काटी दिन्छ । जति सुकै धनि जैनहरु पनि वर्षमा ७ दिन सम्म पानी मात्र खाएर ब्रत बस्छन । हामीहरु भने ६ घण्टा ब्रत बस्ता ७ किलो फलफुल खाइ सक्छौ । हामी आत्मादेखि नै लोकाचार र देखावटी पनामा विश्वास गर्छौ अनि नक्कली कामबाट कसरी सक्कली बस्तु पाउन सकिन्छ र । आफु स्वयंले रोजेको छानेको रुचाएको बस्तु सेवा वा व्यवहारको अभ्यासलाइ स्वयंबर भनिन्छ तर हाम्रो समाजमा त स्वयंबर भनेको त स्वयंबर भने जस्तो समाज ज्यादै अनुदार छ । हाम्रो समाजले महिलाहरुको समानता स्वातन्त्रता र अधिकारहरुका विषयहरुमा जति नै उदार सिद्धान्त रटाए पनि दक्षिण एसियाका महिलाहरु सबै पिजडामा नै छन । फरक यति हो महिलाहरु कोहि सुनको पिजडामा, कोहि फलामको पिजडामा र कोहि चोयाको पिजडामा छन । हामीले खोजेको आरक्षण र निकुञ्जको स्वातन्त्रता होइन, अमेजन जंगलको स्वातन्त्रता हो । प्रशान्त महासागरको हेल माछाको स्वातन्त्रता हो ।
(बोगटी त्रिवि किर्तिपुरमा राजनीतिशास्त्र स्नाकोत्तर तहमा अध्यनरत छिन ।)