
विदुर । महिलाहरुमा देखिने मुख्य रोगका रुपमा रहेको पाठेघरको मुखको क्यान्सरसम्बन्धी एकमहिने स्वास्थ्य शिविर विदुरमा सुरु भएको छ । विदुर नगरपालिकाको आयोजना जेठ ३ गतेदेखि सुरु भएको शिविरमा यो समाचार तयारपार्दासम्म एक सय ५० भन्दा बढि महिलाले आफ्नो पाठेघरको स्वास्थ्य परीक्षण गराएको विदुर नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

जेठ ७ गते गते सोमबार सामुदायिक स्वास्थ्य इकाई १२ गौरीबेशीमा स्वास्थ्य जाँचका लागि उपस्थिति हुनुभएका महिलाहरु ः तस्बिर, विदुर नगरपालिका वडा १२
मेरि स्टोप्स सेन्टरको समन्वयमा नगरका १३ वडाका शहरी स्वास्थ्य केन्द्र, इकाई र समुदायिक विद्यालयमा बिहान १० बजे देखि ४ बजेसम्म शिविर सञ्चालन भैरहेको छ । असार ५ गतेसम्म विभिन्न स्वास्थ्य संस्थामा फरक फरक दिनमा सञ्चालन हुने शिविरमा पाठेघरको मुखको क्यान्सरको जाँच, पाठेघर खसेको स्क्रिनिंग जाँच तथा पाठेघर सम्बन्धि अन्य स्वास्थ्य जाँच तथा उपचार सम्बन्धि शिविर हुने नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
शिविरमा परिवार नियोजन सेवा र पोषण प्रदर्शनी कार्यक्रम समेत रहेको छ । विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले महिला दिदीबहिनीहरुलाई समयमा नै आफ्नो स्वास्थ्य जाँच गराउनका लागि समेत अनुरोध गर्नुभएको छ । नगर कार्यपालिकाको कार्यालयले एक सूचना जारी गर्दै जेठ ३ गतेदेखि असार ४ गतेसम्म शिविर सञ्चालन हुने जानकारी गराएको थियो । पाठेघर सम्बन्धि समस्या भएका महिलाहरुले समयमै स्वास्थ्य परिक्षण गराई मौकाको फाईदा उठाउन समेत पालिकाले सार्वजनिक रुपमा अनुरोध गर्दै आएको छ ।
चिकित्सकहरका अनुसार विवाहित महिलाहरुले समयमा नै पाठेघरको चेकजाँच गराउन सकेको खण्डमा क्यान्सर रोगबाट बच्न सकिने सुझाव दिँदै आएका छन् । त गाउँघरमा भने उक्त सुविधा नहुने र भएपनि चेकजाँचका लागि महिलाहरुलजाउने र स्वास्थ्य संस्थासम्म जान हिचकिचाउने गरेका कारण यो समस्या गाउँघरमा बढ्दै गएको छ । नगरपालिकाको यो अभियानप्रति भने महिलाहरुले उत्साहजनक रुपमा सहभागिता जनाउँदै आएको देखिन्छ ।
ब्रेकर