
विदुर । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं ५ मा रहेको महादेव माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरुले आआफ्ना भाडोमा विभिन्न खाले खानेकुराहरु लिएर उभिएका थिए । उनीहरुले लिएको उक्त खानेकुरा विद्यालयको खाजा भए थिएन । उनीहरुले लिएका थिए त पोषण युक्त खनाको रुपमा रहने खाद्य वस्तुहरु लिएका थिए ।

,पोषण युक्त खाना खाऔं जीवन स्वास्थ बनाऔं, भन्ने नाराकासाथ सुरु भएको पोषण साप्ताह अन्र्तरगत विद्यालयले आयोजना गरेको कार्यक्रमका लागि विद्यार्थीहरुले उक्त खाद्य वस्तुहरु प्रदर्शनी गरेका थिए । विद्यालयले आयोजना गरेको उक्त कार्यक्रममा विद्यार्थीहरुले पोषणयुक्त भनिएका खानेकुराहरु राज्मा,मकै,गहु,आलु,कोदो, फापरसहितका विभिन्न खाद्य वस्तु प्रदर्शन गरेका थिए । विद्यालयले साना बालबालिकाहरुलाई देखाएका उक्त सुरक्षायुक्त खानेकुरालाई विद्यार्थीहरुले निकै चाख मानेर हेरिरहेका थिए । कार्यक्रममा विद्यालयका शिक्षक तथा शिक्षिकाहरुले विद्यार्थीहलाई पोषणयुक्त खानेकुराका विषयमा जानकारी गराएका थिए ।
विद्यालयका प्रधानाध्यापक केदार प्रसाद नेपालले विद्यार्थीहर पछिल्लो समय जंगफुडतर्फ बढि आकर्षित हुन थालेको भन्दै आफ्नो स्वास्थ्यको लागि फाइदा हुने खानेकुराका विषयमा विद्यार्थीहरुलाई जानकारी गराइएको बताउनुभयो । सरकारले विद्यालयमा जंगफुड निषेधित रहेको भएपनि विद्यार्थीहरुले भने सोही प्रकारका खानेकुरा बढि मन पराउने गरेका छन् । सरकारले सामुदायिक विद्यालयमा कक्षा ६ सम्म अध्ययन गर्ने बालबालिकाहरुलाई लागि दिवा खाजाको व्यवस्था गर्दै आएको छ । तर त्यसभन्दा माथिका विद्यार्थीहरुले भने खाजाको व्यवस्था आफैले गर्नुपर्ने व्यवस्था रहेको छ ।
उक्त तहका विद्यार्थीहरु जंग फुडमा बढि रमाउने गरेका छन् । अभिभावकको व्यवस्ताका कारण पनि कतिपय विद्यार्थीहरु आफ्नो घरबाट खाजा बोकेर विद्यालय जान सम्भव मान्दैनन् । उनीहरु बजारमा पाइने त्यस्तै प्रकारका जंगफुड किनेर खाने गर्दछन् । यस्ता जंगफुडको निषेध गर्दै विद्यार्थीमा सचेतना ल्याउने उदेश्यले हरेक वर्ष जेठ १ देखि ७ गतेसम्म सरकारले नै पोषण सप्ताह मनाउने गरेको छ । पछिल्लो समय नेपालमा कुपोषण हुने बालबालिकाको संख्या कम भएपनि अझै पूर्ण रुपमा समाधान हुन भने सकेको छैन ।
बालबालिकाहरुले घरमा बनाएको खानेकुरा खाने भन्दा पनि बजारमा पाइने अनेक प्रकारका रेडिमेट खानेकुरा खाने गर्दा त्यसले स्वास्थ्यमा असर गर्ने र कुपोषणको सिकार समेत हुने गरेको स्वास्थ्य विज्ञहरुले बताउने गरेका छन् । चिकित्सकहरुका अनुसार कुपोषणबाट बच्नका लागि सबै भन्दा बढी ध्यान दिनुपर्ने कुरा खाना हो । शक्ति प्रदान गर्ने खानेकुरा खुवाउने गर्नुपर्छ । शरीरका हाड, मांसपेशी, स्नायु, रगत, छाला आदिको वृद्धि तथा यिनीको कार्य विकासको लागि प्रोटिनको आवश्यक पर्दछ । दाल, गेडागुडी, कोदो, अण्डा, माछा, मासु, दूध तथा यसबाट बनेको पदार्थमा प्रोटिन बढी पाइन्छ । भिटामिन तथा खनिज पदार्थ युक्त खाना खाने र प्रशस्त मात्रामा पानी सेवन गराउने गर्नुपर्छ । बाहिरका खाना भन्दा घरका खाना धैरै खुवाउनु राम्रो बताइन्छ ।