
काठमाण्डौ – नेपाली कांग्रेसले राजधानीमा विरोध सभाको आयोजना गरेको छ । सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेको पनि नाम मुछिएकाले उहाँसहित समग्र सहकारीको विषयमा छानविन गर्न माग गर्दै नेपाली कांग्रेसले विरोधसभाको आयोजना गरेको हो ।

नेपाली कांग्रेसको उपत्यकाका तीन जिल्ला, काठमाडौं, ललितपुरका र भक्तपुरको आयोजनामा भएको विरोधसभामा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री, र सभामुखले आफ्नो पदीय जिम्मेवारी अनुसारको भूमिका निर्वाह गर्न नसकेको आरोप लगाउनु भयो । कांग्रेसले गरेको यो कार्यक्रम सामान्य रिह्रल्सनम मात्रै भएको भन्दै सरकारले सरकारी ठगीका विषयमा निश्पक्ष छानविन समिति गठन गरेर कारबाही गर्न नसके कांग्रेसले आन्दोलनको तुफान ल्याउने चेतावनी पनि दिनुभयो ।

नेपाली कांग्रेसकाठमाडौंका सभापति सवुज बानियाँको सभापत्विमा भएको कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सभपाति इन्द बानियाँ, भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापा सहितका नेताहरुले सरकारी प्रकरणमा वर्तमान गृहमन्त्रीसहित सबैलाई कारबाहीको दायरामा ल्याउन नसके कांग्रेस सडक र सदव दुवैबाट आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
आमसभाअघि कांग्रेसले विभिन्न ठाउँबाट जुलुस पनि निकालेको थियो । प्रदर्शनकारीले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरण, नागरिकता, पासपोर्टलगायतमा छानबिन गर्नुपर्ने मागसहितको प्लेकार्ड बोकेका थिए ।जुलुसमा विरोधसभामा नेपाली कांग्रेस महामन्त्री गगन थापा, सहमाहामन्त्री डना उपाध्याय, बद्री पाण्डे,कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक,केन्द्रीय नेताहरुको पनि सहभागिता रहेको थियो ।