
शुकदेव दाहाल
काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहको कामको बेला बेलामा चौतर्फी प्रशंसा हुँदै आएको छ ।

धेरै नबोल्ने बोलेको आफ्ना कुरा पूरा गर्ने, सार्वजनिक रुपमा नदेखिने र देखिएपनि आफ्नो कुरा राखेर फर्कने उनको मुख्य विशेषता हो ।
यिनै विशेषताका कारण बालेन त्यति धेरै आलोचित छैनन् । उनका अभिव्यक्तिलाई पनि राजनीतिक दलका नेता कार्यकर्ताको रुपमा मात्रै आलोचना हुने गरेको छ । तर सामान्य रुपमा मानिस र समाजिक सञ्जालमा रहेका अधिकांशले बलोनलाई साथ दिइरहेका देखिन्छन् ।
आफ्नै फेसुबक पेजमा झण्डै तीनलाख फलोअर्स छन् जस् मध्ये अधिकांशले उनको तारिफ गरिरहेका हुन्छन् । जसका कारण बालेन आफ्नो कार्यबाट पछाडि फर्कन परेको छैन । तर पछिल्ला उनका दुईवटा गतिविधि भने निकै विवादित हुन पुगेको छ । बालेनले काठमाडौंको चक्रपथको स्तरोन्त्तरी गर्ने क्रममा बालाजु चाबेल सडकखण्ड निर्माणमा नाममा धुलाम्मे भएपनि त्यसको विरोधमा भौतिक पूर्वाधार मन्त्रायलमा लगेर त्यहाको फोहोर थुपारिदिएको विषयले पनि बजारलाई तताएको थियो ।

उनलाई सय विषयमा सडक विभाग, डिभिजन सडक कार्यालय काठमाडौंले सार्वजनिक सूचनामार्फत नै उनलाई सचेत मात्रै गराएन फोहोर उठाउन पनि भनेको थियो । यो विषय सेलाउन नपाउँदै बालेनको अर्को काममा पनि सडक विभागले चुनौती दिँदै आफै सडक निर्माण गरिदिएको छ ।
काठमाडौंको मुख्य सडक नयाँ सडक क्षेत्रमा रहेको सडकलाई केही खुम्च्याउँदै बालेनले पैदलयात्रुहरुलाई हिड्न सहज बनाउने भन्दै फराकिलो बनाउन थालेका थिए । तर उनको यो अभियानलाई सडक विभाग र मन्त्रालयले नै रोकिदिएको छ । सडक विभागले उक्त सडक बनाउन निर्देशन दिएको थियो । उनले त्यसमा चासो नदेखाएपछि आफै बनाइरहेको छ । विभागको यो निर्णयलाई लिएर बालेन एमाले अध्यक्षप्रति आक्रोशित हुन पुगेका छन् ।
आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बालेनले पूर्व प्रधानमन्त्री समेत रहनु भएका एमाले अध्यक्ष ओलीप्रति कडा आक्रोस मात्रै पोखेका छैनन् , कडा टिप्पणी समेत गरेका छन् ।
बालेनले भनेका छन्, ‘१० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपी ओलीज्यू।’ उनले लेखेका छन्, ‘झापा गिरिबन्धुमा बैना लिनेहरूलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं भनेर थम्थमाउनु भएछ। गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन।’ मेयर बालेनले १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पुर्ण शक्ति लगाएर न्युरोडमा महानगरपालिकाले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउन लागेको पनि आरोप लगाएका छन्। ‘अब बल्ल देश बन्ने भएछ। आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला। हामी साथमा छौं।’
उनले समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्न चेतावनी दिँदै कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला भन्दै लेखेका छन्, ‘हुन त, पहिले पनि जेल बस्नु भएको हो। धन्यवाद।’ उनले आक्रोस पोख्नुको मुख्य कारण भनेको काठमाडौं वडा नं २४ मा पर्ने नयाँ सडक न्यूरोडमा पैदल यात्रु हिड्ने बाटो बढाउन थालेको आफ्नो अभियानमा शहरी विकास मन्त्रायले रोकपछिको हो । बालेनले यसअघि शहरी विकास मन्त्रालयले बालाजु महाराजगन्ज सडक निर्माणमा ढिलाई गरेको र नागरिकलाई धुलो धुवामा बस्न बाध्य पारेको भन्दै दुई गाडी फोहोर मन्त्रालयमा लगेर खसाली दिएका थिए । त्यसको बदलमा मन्त्रालयले पछिल्लो समय उनको कमलाई अंकुश लगाएको हो मन्त्रालयले बालेनको भत्काएको सडक आफै फुरे कालोपत्रे गरिरहेको छ । मेयर बालेनको यो अभियानलाई वडा अध्यक्षहरुले पनि साथ दिएको देखिदैन । कार्यपालिका बैठकमा नै यस विषयमा जानकारी नभएको भन्दै वडा अध्यक्षहरुले नै प्रतिवाद गरेको प्रत्यक्ष देखिएको थियो । जुन एमालेको नेतृत्वमा सञ्चालित हो भन्ने उनले बुझेका हुनसक्छन् ।
पटक पटक सामाजिक सञ्जालमा लेखेर चर्चामा आउने गरेका बालेनको यो पटकका अभिव्यक्ति एमाले अध्यक्षप्रति देखिनु स्वभाविक भएपनि विषय सान्र्दभिक छैन । उनी आफै जनप्रतिनिधि भएकाले काठमाडौं महानगरपालिका जस्तो महत्वपूर्ण क्षेत्रको मेयरको तर्फबाट यस्तो बोली आउनु गैर राजनीतिक र अराजक चरित्र हो भन्नेमा दुईमत छैन । एउटा पूर्व प्रधानमन्त्री, संसदा रहेको दोस्रो दलको संसदीय दलको नेता, राष्ट्यि पार्टीका अध्यक्षलाई यसरी सार्वजनिक रुपमा बिना प्रमाण आरोप लाउनुले उनको आफ्नै राजनीतिक छवि कमजोर हुँदै जाने देखिन्छ । अरु विषयमा जस्तो यसलाई एमालेले हल्का रुपमा लिने देखिएको छैन । उनको क्रियाकलाप त लोकतन्त्र विरोधी छदैछ यो अभिव्यक्ति लोकतन्त्र विरोधी र गैराराजनीतिक चरित्रको छ । यस अर्थमा यो सामान्य कुरा छैन ।
यद्यपि एमाले वृत्तबाट यसको कुनै प्रतिक्रिया भने आइसकेको छैन तर पनि उनले यस्ता अभिव्यक्तिमा भोलिका दिनमा लगाम लगाउन सकेनन् भने त्यो उनका लागि निकै महंगो पर्दै जाने देखिन्छ । छोटो सयमा काठमाडौं महानगरपालिका जस्तो स्थानमा आफ्नो राजनीति वचश्र्व राख्न सफल र अधिकांश समाजिक सञ्जालबाट समर्थन पाएका उनले आफ्नो मर्यादा कायम राखेनन् भने भोलि पछुताउनु बाहेक अर्को कुनै विकल्प रहने छैन ।