

विदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोटले अवैध काठसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार असार २७ गते बेलकाु पाँच बजेको सयमा जिल्ला प्रहरी कार्यालय अन्र्तरगत नगर प्रहरी कार्यालय कोलनीबाट खटिएको प्रहरी अधिकृत सहितको प्रहरी चेकिङ टोलीले बिदुर नगरपालिका वडा नं ०८ बगुवास्थित कोलनी बजार तर्फ आउदै गरेको प्रदेश ३.०१०.२४ च ८६३३ नम्बरको बोलेरो गाडी चेकजाँच गर्ने क्रममा आवश्यक कागजात विना अबैध रुपमा ढुवानी गरेको टुनी जातको चिरुवा काठ ३५ बरामद गरेको हो ।
उक्त काठहसहित , बोलेरो गाडी र गाडी चालक जिल्ला बिदुर नगरपालिका वडा नं०८ कोलनी बस्ने बर्ष २३ को सन्दिप अर्याललाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय नुवाकोटमा बुझाईएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ