
जिल्ला प्रहरी कार्यालय नुवाकोटले भन्सार छलीका सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटले जारी गरेको प्रेस नोट अनुसार जेठ २९ गते अपराह्न ३ बजेको समयमा शिवपुरी गाउँपालिका वडा नं ०६ गुर्जेभन्ज्याङ सिमाना अस्थाई प्रहरी पोष्ट गुर्जेभन्ज्याङ नुवाकोटबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले रसुवाबाट काठमाण्डौ तर्फ जाँदै गरेको प्रदेश ३.०१००६ ख ०३५४ नम्बरको यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा भन्सार छली गरी ल्याएको बिल नभएको सामानहरु ईयर पोर्ट १८ बक्स र किराना सामानहरु बिस्कुट,चकलेट,अचार,चिप्स फेला पारी नियन्त्रणमा लिएको छ ।
त्यस्तै मंगलबार नै बिदुर नगरपालिका वडा नं०२ बिदुर चेकपोष्ट अगाडी अस्थाई प्रहरी पोष्ट बिदुरबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले सवारी साधन चेकजाँचको क्रममा रसुवाबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.प्र.०१।००६ ख ५२११ नम्बरको बसमा चेकजाँच गर्दा क्रममा भन्सार छली गरि ल्याएको ९ प्याकिङ अचार,बिस्कुट, पिय पदार्थ जुस , प्याकिङ खानेकुराका परिकारहरु, सस, चियापति लगायतका सामानहरु गरी जम्मा अन्दाजी मुल्य रू १,९०,०००र( ९एक लाख नब्बे हजार० मूल्य बराबरको भन्सार छली सामानहरु नियन्त्रणमा लिईएको जनाइएको छ ।