
फाइल फोटो
काठमाण्डौ । केही समयअघि विभाजित भएको जनता समाजवादी पार्टी,जसपा, नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित हुनुभएको छ ।

धनुषाको जनकपुरमा भइरहेको राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि यादवको मात्रै उम्मेदवारी परेको हो । यादवले पार्टी स्थापनादेखि नै नेतृत्व गर्दै आउनुभएको छ । बाँकी पदाधिकारी र सदस्यहरूमा बढी उम्मेदवारी परेकाले चुनावको प्रक्रिया चलिरहेको निर्वाचन समितिले जानकारी दिएको छ ।
यादवले नेतृत्वको जनता समाजवादी पार्टी व्यवस्थापिका संसदमा चौथो ठुलो दल भएपनि हाल अशोक राई नेतृत्वले पार्टी विभाजन गरेर नयाँ पार्टी गठन गरेकाले यादव अहिले छैट्टौ दलको रुपमा रहेका छन् भने उनको पार्टीमा हाल ५ जना सांसद मात्र रहेका छन् । यादवको पार्टी यतिखेर प्रतिपक्षी दलमा रहेको छ ।