
काठमाडौं । बालश्रम विरुद्ध सरकारलेकडा रुपमा कानुन बनाएको भएपनि मुलुकको मुख्य प्रशासनिक तह सिंहदरबार नै बालश्रमिकको उद्धार गरिएको छ । उमेर नपुगेका बालबालिकालाई विभिन्न घरेलु काममा लगाउनु, विभिन्न होटल, रेस्टुराँमा काममा लगाउनु कानुनी रूपमा अपराध मानिन्छ। तर, मुलुकको प्रमुख प्रशासनिक अड्डा सिंहदरबारको क्यान्टिनबाटै बाल श्रमिकको उद्धार गरिएको छ।
कानुन बनाउने र पालना गर्ने संघीय सरकारको केन्द्र सिंहदरबारबाट काठमाडौं महानगरपालिकाको बाल उद्धार टोलीले बाल श्रम शोषणमा परेका दुई बालबालिकाको उद्धार गरेको हो। सिंहदरबारस्थित एक चमेना गृहबाट उद्धार गरिएका बालबालिकालाई भाँडा माझ्ने, टेबुल सफाइलगायतका काममा प्रयोग गरेको पाइएको छ।